site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बन्दाबन्दी खुकुलो बनाउने योजना सरकारले सार्वजनिक गर्ने जनअपेक्षा थियो । सरकारले भने आउने वैशाख २५ सम्म बन्दाबन्दी लम्याउनेमात्र निर्णय गरेको छ । त्यसपछि के गर्ने भन्ने योजना पनि सरकारसँग भएजस्तो देखिँदैन । विशेषगरी अर्थतन्त्रमा पर्ने कोरोनाको प्रभाव कम गर्ने कुनै ठोस उपाय अहिलेसम्म घोषणा गरिएन । यस्तै, बालबालिकाको शिक्षालाई निरन्तरता दिन अपनाउनु पर्ने उपायका सम्बन्धमा पनि सरकार उदासीन देखिएको छ । मन्त्रीको ध्यान आआफ्नो गुट बलियो बनाएर पद जोगाउनमा सीमित देखिन्छ । यसैले होला शिक्षाविद्हरूले परीक्षाको शैली र स्वरूपमा परिवर्तन गर्ने सुझाव दिए पनि सरकार बन्दाबन्दी खुल्नेबित्तिकै कक्षा १० को परीक्षा राष्ट्रियस्तरबाट सञ्चालन गर्ने हठ गर्दै छ । विडम्बना, कर्मचारी भने सधैँजस्तै कि त केही नगर्ने गरिहाले केही पाउने काममात्र गर्ने मनःस्थितिमा देखिए् ।


अर्को शैक्षिक सत्र नखलबलिने गरी विद्यालय सञ्चालनको व्यवस्था मिलाउन निकै कठिन हुने देखिन्छ । विनागृहकार्य यस्तो बन्दाबन्दी जति लम्याए पनि संक्रमणको जोखिम कम हुँदैन । यसै पनि अहिलेसम्म औषधि नभएको कोभिड–१९ को खोप बनाउन नसकुन्जेल यसको संक्रमण भइरहने संकेत जनस्वास्थ्य विशेषज्ञहरूले गरेका छन् । यसैले जनताप्रति उत्तरदायी र देशको भविष्यप्रति चिन्तित जिम्मेवार सरकारहरूले कोरोनाको सामना गर्दै जनजीवन अगाडि बढाउने उपाय अपनाइसकेको हुन् । बालबालिकाको पठनपाठनलाई सबैजसो देशका सरकारले प्राथमिकता दिएका छन् । उन्नत सूचना प्रविधिको प्रयोग गरेर पनि पठनपाठन अगाडि बढाउने विभिन्न प्रयोग र अभ्यास गरिएका छन् । दुर्भाग्य, नेपालमा भने परीक्षा कसरी लिने भन्नेमै सरकार अल्झेको छ । निषेधको दीक्षा पाएका कारिन्दाहरू महामारीको जोखिममा पनि केन्द्रीय परीक्षा लिइछाड्ने अड्डीमा देखिन्छन् । 


कक्षा दसको परीक्षा माध्यमिक विद्यालयको अन्तिम परीक्षा पनि हैन । कक्षा ११ र १२ विद्यालयस्तर मानिएपछि यो कक्षा ९ को परीक्षाजस्तै हो । यसैले माध्यमिक शिक्षा परीक्षा (एसईई) भनिने यो कर्मकाण्डको यसै पनि कुनै तुक देखिँदैन । कक्षा ११ मा ९ कक्षाको लब्धांकपत्रका आधारमा भर्ना गरिदिए हुन्छ । कक्षा १२ मा पढ्नका लागि यसै पनि ११ पास गर्नैपर्ने प्रावधान छैन । संसारका अरू प्रतिष्ठित माध्यमिक शिक्षाका बोर्डहरू इन्टरनेसनल जेनरल सर्टिफिकेट अफ सेकेन्डरी इजुकेसन (ओ लेबल) इन्टरनेसनल ब्याकुलरेट (आईबी)का डिप्लोमा लगायतका परीक्षाहरू र भारतको सेन्ट्रल बोर्ड अफ सेकेन्डरी एजुकेसन (सीबीएसई) पनि यो वर्ष सञ्चालन नगरिने र आन्तरिक मूल्यांकनलगायतका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिइने निर्णय सार्वजनिक भइसकेको छ । यस्तो अवस्थामा कक्षा ११ को परीक्षाफल र अरू मूल्यांकनका वैज्ञानिक विधि अपनाएर कक्षा १२ का विद्यार्थीलाई प्रमाणपत्र दिने उपाय खोज्नुपर्नेमा कक्षा १० को तीनघन्टे परीक्षा लिने कर्मकाण्ड गरिछाड्ने हठ गर्नु बालबालिकाको जीवनसँग खेलबाड गर्नुमात्रै हो । यसैले विज्ञहरूका सुझाव स्वीकार गरेर शिक्षामन्त्रालयले संक्रमणसँग आतंकित भएर परीक्षामा बस्न नपर्ने व्यवस्था यथाशीघ्र मिलाओस् । एसईई स्थगन गर्दाको जस्तो बेला बिताएर निर्णय गर्ने बानी बदल्नु जरुरी छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७  १५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC