site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउनेलाई कारबाही गर्नुस् : देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई अपहरण शैलीमा काठमाडौं ल्याउने घटनामा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । 

बालुवाटारमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटवार्तामा सभापति देउवाले सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउने कार्यमा संलग्नमाथि कारबाही गर्न माग गरेका हुन् । 

“दुवै अध्यादेश फिर्ता लिएर गल्ती सच्याउनुभयो, त्यसका लागि धन्यवाद छ । तर, एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कारबाही गर्नुपर्ने माग देशभरि उठेको छ । मेरो माग यही छ । देशमा कानुनी राज्य छ भने निष्पक्ष अनुसन्धान र काराबाही हुनुपर्छ,” देउवाले प्रधानमन्त्री ओलीसमक्ष राखेको कुरा उद्धृत गर्दै कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने । 

सभापति देउवाले कोरोनाको जोखिमसँग लडिरहँदा आगामी दिनमा विवादका कुनै कुरा नल्याउनसमेत ओलीलाई सुझाव दिएका छन् । “कोरोनाको जोखिमसँग लडिरहँदा अब विवादका कुनै कुरा नल्याउन तपाईंलाई मेरो सुझाव छ, भनेर प्रधानमन्त्रीलाई थप सजग पनि गराउनुभएको छ,” पौडेलले भने । 

प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी र राजनैतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णयका लागि बोलाइएको मन्त्रिपरिषद् बैठकअघि शुक्रबार बिहान देउवालाई छलफलका लागि बालुवाटार बोलाएका थिए । मन्त्रिपरिषद् बैठकले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेपछि देउवा भेटघाटका लागि बालुवाटार पुगेका थिए । 

छलफलमा सभापति देउवाले प्रधानमन्त्री ओलीलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन व्यापक परीक्षण अहिलेको आवश्यकता भएको जोड दिँदै समुदाय स्तरमा व्यापक परीक्षण गर्न ढिलो नगर्न सुझाव दिए । 
उनले स्वास्थकर्मीहरूलाई पीपीईलगायत सामग्री अझै पर्याप्त नपुगेको भन्दै यथाशीघ्र स्वास्थ्य सामग्री उपलब्ध गराउन पनि सरकारलाई सुझाव दिएको मुख्यसचिव पौडेलले बताए । “स्वास्थकर्मीलाई हतोत्साहित गर्न खोज्ने काम कतिपयले गरेको सुनिन्छ, त्यसलाई तुरुन्तै रोक्नुपर्छ,” छलफलका क्रममा देउवाले राखेको भनाइ उद्धृत गर्दै उनले भने । 

सभापति देउवाले श्रमिकलाई कि खान दिनुपर्ने र गाउँ जान दिनुपर्ने, राहत घोषणा अधुरो रहेको र पुग्नु पर्नेकोमा अझै नपुगेको, श्रमिक, बेरोजगार, विद्यार्थी र साना ठूला सबै ब्यवसायीका लागि तत्काल अर्को प्याकेज ल्याउनुपर्ने पनि बताएका छन् ।

सभापति देउवाले प्रधानमन्त्री ओलीलाई विदेशमा रहेका नेपाली नागरिकको उद्धारका बारेमा तत्काल योजना सार्वजनिक गरेर कार्यान्वयन गर्न पनि आग्रह गरेका छन् । 

“विदेशमा रहेका नेपालीले हिजो देशलाई रेमिटेन्स पठाएर योगदान गरे, आज उनीहरु अप्ठ्यारोमा परेका छन्,” देउवालाई उद्धृत गर्दै मुख्यसचिव पौडेलले भने, “त्यस्तो स्थितिमा रहेका नेपालीलाई उद्दार गर्ने बारे तत्काल योजना सार्वजनिक गर्नोस् र कार्यान्वयन थाल्नोस् ।”


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  १७:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro