site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अध्यादेश फिर्ता हुँदैमा प्रेरित अपराधलाई कानुनी उन्मुक्ति हुन हुन्न

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी अध्यादेश फिर्ता हुँदैमा अध्यादेशले प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति हुन नहुने बताएको छ । 

कांग्रेसले अध्यादेश फिर्ता भए पनि अपहरणको शैलीमा समाजवादी पार्टीका सांसद डा. सुरेश यादवलाई काठमाडौं ल्याइएको घटनाका दोषीलाई ‘बालुवाटारको जग्गा फिर्ता गर्दा माफी दिइएको’ शैलीमा जस्तै विवादास्पद ढंगले उन्मुक्ति दिन नमिल्ने जिकिर गरेको छ । 

प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार दिउँसो विज्ञप्ति जारी गरेर सांसद यादवलाई काठमाडौं ल्याइएको घटनालाई हस्तक्षेपमुक्त गहिरो अनुसन्धान गरेर संलग्नलाई इमानदार कानुनी कारबाहीको माग गरेका छन् । 

“चौतर्फी विरोधपछि दुवै अध्यादेश फिर्ता लिन सरकार बाध्य भयो । नेपाली कांग्रेस विविध ढंगले स्वदेश र विदेशमा विरोध प्रकट गर्ने युवा विद्यार्थी, पार्टीका साथीहरू, अन्य दल तथा सञ्चार माध्यमलाई बधाई ज्ञापन गर्दै सरकारको नियोजित नियत प्रष्ट भइसकेको स्थितिमा निरन्तर सतर्कता र एकताका लागि अपिल गर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।

प्रवक्ता शर्माले यसअघि सरकारले गत सोमबार जारी भएका दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेलगत्तै ट्विट गरेर सांसद ‘अपहरण’ मा संलग्न नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सवेन्द्र खनाल, सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठमाथि कारबाहीका लागि देश प्रतिक्षारतजततउकस्ररदबबजचबपजबचष्।अयmरलभधक(मभतबष्किरद्दछटछघघरद्दण्द्दण्(ण्द्ध(द्दद्धरहेको बताएका थिए । 

प्रेस विज्ञप्तिको पूर्ण पाठ 
अध्यादेश फिर्ता हुँदैमा यसले प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति हुनुहुन्न !

चौतर्फी विरोधपछि दुवै अध्यादेश फिर्ता लिन सरकार बाध्य भयो । नेपाली कांग्रेस विविध ढंगले स्वदेश र विदेशमा विरोध प्रकट गर्ने युवा विद्यार्थी, पार्टीका साथीहरू, अन्य दल तथा सञ्चार माध्यमलाई बधाई ज्ञापन गर्दै सरकारको नियोजित नियत प्रष्ट भइसकेको स्थितिमा निरन्तर सतर्कता र एकताका लागि अपिल गर्दछ ।

अध्यादेश फिर्ता भए पनि यो प्रकरणसँग गाँसिएको अपहरणको शैलीमा समाजवादी पार्टीका एक सांसदलाई काठमाडौं ल्याइएको घटनाका दोषीलाई ‘बालुवाटारको जग्गा फिर्ता गर्दा माफी दिइएको’ शैलीमा झैं विवादास्पद ढंगले उन्मुक्ति दिन मिल्दैन । नेपाली कांग्रेस यो गम्भीर प्रश्नमा हस्तक्षेपमुक्त गहिरो अनुसन्धान र जो कोहीको संलग्नता रहे पनि इमानदार कानुनी कारबाहीका लागि अपिल गर्दछ ।

जय नेपाल !
विश्वप्रकाश शर्मा
प्रवक्ता एवं प्रमुख
सूचना, सञ्चार तथा प्रचार विभाग

कांग्रेसले भन्यो, ‘अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्यायो’

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro