site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसले भन्यो, ‘अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्यायो’

काठमाडौं । अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कारबाहीको प्रतीक्षामा मुलुक रहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । 

सरकारले शुक्रबार गत सोमबार जारी भएका दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेलगत्तै उनले ट्विट गरेर सांसद ‘अपहरण’ मा संलग्न नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सवेन्द्र खनाल, सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठमाथि कारबाहीको प्रतीक्षा भइरहेको बताएका हुन् । 

“अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्यायो, अब अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कारबाहीको प्रतीक्षामा छ देश,” प्रवक्ता शर्माले लेखेका छन् । 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब सम्पूर्ण ध्यान र शक्ति कोराना भाइरसविरुद्धको संघर्षमा केन्द्रित गर्न पनि आग्रह गरेका छन् । नागरिकको जीवन जोगाएपछि फुर्सदमा राजनीतिक विवाद गर्न सकिने शर्माको भनाइ छ । 

“@Pm_Nepalजनताको तर्फबाट आग्रह छ, अब सम्पूर्ण ध्यान र शक्ति कोरोनाविरुद्धको संघर्षमा केन्द्रित गरौं । पहिले नागरिकको जीवन जोगाऔं फुर्सदमा राजनैतिक विवाद गरौंला,” उनले ट्विट गरेका छन् । 


अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्यायो, अब अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कारबाहीको प्रतीक्षामा छ देश ! @Pm_Nepalजनताका तर्फबाट आग्रह छ अब सम्पूर्ण ध्यान र शक्ति कोरोनाविरुद्धको संघर्षमा केन्द्रित गरौं । पहिले नागरिकको जीवन जोगाऔं फुर्सदमा राजनीतिक विवाद गरौंला ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  १३:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro