site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वसचिवलाई बिनासर्त रिहा गर : छाया सञ्चारमन्त्री लामा

काठमाडौं । नेपाली कांग्रेसले गठन गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समन्वय समिति संयोजक (छाया सरकारका सञ्चारमन्त्री) बहादुरसिंह लामाले पूर्वसचिव भीम उपाध्यायलाई तत्काल रिहा गर्न माग गरेका छन् । 

छाया सञ्चारमन्त्री लामाले पूर्वसचिव उपाध्यायको पक्राउ संविधानको मर्म र भावनाविपरीत रहेकोभन्दै विनासर्त तत्काल रिहा गर्न सरकारसँग माग गरेका हुन् ।  उनले बिहीबार पे्रस विज्ञप्ति जारी गर्दै आमनागरिकको स्वतन्त्र विचार र अभिव्यक्ति दबाउने कार्य रोक्न सरकारलाई चेतावनी दिएका छन् । 

संविधानले दिएको स्वतन्त्रताको हकलाई सरकारले समय–समयमा कुण्ठित गर्ने काम गरिरहेको भन्दै लामाले राज्यका सबै अंग र प्रत्येक नेपालीले संविधानको पूर्णपालना गरी स्वतन्त्रताको हकको संरक्षण गर्नु सबैको साझा दायित्व भएको स्मरण गराएका छन् ।

“तर, यसको ठीकविपरीत वर्तमान सरकारले दिनप्रतिदिन संविधानको ठाडो उल्लंघन गर्दै आइरहेको छ । सरकारको यस किसिमका गैरजिम्मेवारी कार्यप्रति गम्भीर आपत्ति प्रकट गर्दै घोर भर्त्सना गर्दछौं,” विज्ञप्तिमा भनिएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थ सरकारी अधिकारीलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको भन्दै बुधबार बेलुका पूर्वसचिव उपाध्यायलाई ललितपुरस्थित निवासबाट पक्राउ गरिएको थियो ।
उनलाई जिल्ला अदालत काठमाडौंले तीनदिन थुनामा राख्‍न आदेश दिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  १५:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro