site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
सरकारले यति राम्रो काम गरेको छ, प्रचार नै भएन !
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले सरकारको कामको प्रभावकारी सञ्‍चार गर्न नसकेको भन्दै गुनासो गरेका छन् । सरकारले जारी गरेको राजनीतिक दल, संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको व्यापक विरोध भएपछि प्रतिरक्षाका लागि प्रधानमन्त्री ओलीले सांसदहरूलाई बालुवाटारमा बोलाएर ब्रिफिङ गरेका थिए ।

“प्रधानमन्त्री ओलीले अध्यादेशको औचित्य पुष्टि गर्न खोज्नुभएको थियो । सरकारले आवश्यक नपरी कानुन ल्याउँदैन । यो हाम्रो पार्टीप्रति लक्षित छैन भनेर आश्वस्त तुल्याउन खोज्नुभएको थियो, केही सदस्यहरूले अध्यादेश ल्याउने बेला राम्रो भएन, पार्टीमा छलफल गरेर ल्याएको भए हुन्थ्यो भन्ने धारणा राख्नुभएको थियो,” राष्ट्रियसभाका सदस्य वेदुराम भुसालले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री ओलीले सुदूरपश्चिम, प्रदेश नम्बर १ र बागमती प्रदेशका सांसदहरूसँग समूहगत छलफल गरेका थिए । पार्टी संसदीय दलको बैठक बस्न नसक्ने अवस्थाका कारण र अध्यादेशबारे सांसदहरूमा गलत सन्देश नजाओस भनेर प्रधानमन्त्रीले बिफ्रिङ गरेको छलफलमा सहभागी एक सांसदले भने ।

बागमती प्रदेशका सांसदसँगको छलफलमा प्रधानमन्त्रीले कोरोना सङ्क्रमण न्यूनीकरण, रोकथामका लागि सरकारले महत्त्वपूर्ण काम गरे पनि प्रचार हुननसक्दा सरकार आलोचनाको घेराबाट उम्कन नसकेको दुखेसो पोखेका थिए ।

Global Ime bank

“सरकारले यति राम्रो काम गरिरहेको छ । प्रचार नहुँदा आलोचना गर्नेहरूलाई बल पुगेको छ । प्रभावकारी ढङ्गले प्रचार गर्नुपर्‍यो,” ओलीले जोड दिएका थिए ।

समूहगत छलफलमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी थिए । प्रधानमन्त्री ओलीले नै आफैं विषयवस्तु राखेकाले प्रचण्ड मौन बसेका थिए । प्रचण्ड सुदूरपश्चिम प्रदेका सांसदसँगको छलफलको अन्त्यतिर मात्रै बालुवाटार पुगेका थिए । प्रदेश नम्बर १ को छलफलमा पूरै बसे पनि बागमती प्रदेशका सांसदसँगको कुराकानीमा उनी थिएनन् ।

“जरुरी काम छ भनेर निस्कनुभयो,” पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । छलफल भोलि जारी रहने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७  २२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC