site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अध्यादेश किन ल्याउनुपर्‍यो, प्रधानमन्त्रीले बताउनुपर्छ !
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्र विग्रहको सङ्केत देखिएको छ । मन्त्रिपरिषद्को बैठकले दल विभाजनसम्बन्धी प्रावधान खुकुल्याउने गरी अध्यादेश ल्याउने निर्णय गरेपछि नेकपा विभाजनको बाटोतिर अघि बढेको त होइन भन्ने प्रश्न उठेको छ । पूर्वमाओवादी केन्द्रका हरिबोल गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी फुटाउने नै तयारी भएको बताइसकेका छन् ।

पार्टीका तेस्रो वरीयताका नेता झलनाथ खनालले अध्यादेशबारे केही पनि थाहा नभएको र पार्टीमा छलफल पनि नभएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले अहिले साढे पाँचबजे आकस्मिक सचिवालयको बैठक डाकिएको भन्दै त्यहीँ छलफल हुने बताए ।

“किन ल्याइएको हो थाहा भएन, प्रधानमन्त्रीले बैठकलाई भन्नुहोला,” उनले बाह्रखरीसँगको कुराकानीमा भने ।

Global Ime bank

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले केन्द्रीय कमिटी वा संसदीय दलमा जता ४० प्रतिशत सङ्ख्या पुर्‍याए पनि पार्टी विभाजन गर्न मिल्ने प्रावधान सहितको अध्यादेश ल्याउने निर्णय गरेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिए ।

अध्यादेश आजै राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्ने सम्भावना छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC