site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अध्यादेश ल्याउने हिजै थाहा थियो, प्रधानमन्त्रीको पार्टी फुटाउने तयारी हो
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वमाओवादी समूहका नेता हरिबोल गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने तयारी स्वरूप अध्यादेश ल्याएको बताएका छन् ।

बाह्रखरीसँग सङ्क्षिप्त कुराकानी गर्दै गजुरलले भने, “पार्टी फुटाउने तयारी हो । त्यसैका लागि ल्याइएको हो । यसमा द्विविधा हुनुपर्ने कुनै कारण छैन ।”

अन्यथा, अहिले अध्यादेश ल्याउनुपर्ने कुनै कारण नरहेको उनको भनाइ छ । “हैन भने अहिले अध्यादेश ल्याउनुपर्ने कुनै कारण छैन,”  उनले थपे ।

Prabhu Bank
Agni Group
NIC Asia

२०७५ जेठ ३ गते एकता भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद पछिल्लो समय उत्कर्षमै रहेको उनले बताए । दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबीच भेटघाटसमेत पातलिएको थियो ।

विशेषतः प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति पूर्वमाओवादी केन्द्रको विमति रहँदै आएको उनले बताए ।

Global Ime bank

“सबैले देखेकै छ नि, विवाद उत्कर्षमै थियो । लिलामणि पौडेललाई फिर्ता बोलाएको कारण के हो ? उनलाई फिर्ता बोलाउनु विवाद उत्कर्षमा पुगेको सङ्केत होइन ?,” उनले प्रश्न गरे ।

चीनलागि पूर्वराजदूत लिलामणि पौडेललाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको थियो । उनको ठाउँमा महेन्द्र पाण्डे राजदूत नियुक्त भइसकेका छन् ।

“लिलामणि पौडेललाई फिर्ता बोलाउनुपर्ने कुनै कारण थिएन । उनले राम्रो काम गरिरहेका थिए । तर प्रधानमन्त्रीले फिर्ता बोलाए,” उनले भने, “लिलामणिले राष्ट्रपति, प्रधानमन्त्रीको भ्रमण गराए । दुई देशबीच पारवहन सम्झौता भयो । चिनियाँ राष्ट्रपति सि चिनफिङ नेपाल आउने वातावरण मिलाए । कुनै राजदूतले गर्न सकेका थिए ?”

तर प्रधानमन्त्री ओलीले ६ महिना बाँकी हुँदा फिर्ता बोलाएर रिस फेरेको उनको आक्रोश थियो ।

“प्रधानमन्त्रीले अध्यादेश ल्याएर पार्टी फुटाउने तयारी गरिरहेका छन् भनेर हामीलाई हिजै थाहा थियो,” उनले खुलासा गरे ।

उनका अनुसार पूर्वमाओवादी तर्फमा मन्त्रीहरू क्याबिनेट बैठक पनि छुट्टै बैठक बसेका थिए । ऊर्जामन्त्री वर्षमान पुन सन्देश लिएर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १६:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC