site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सर्वोच्चको आदेश कार्यान्वयन हुने आसमा मजदुर
Sarbottam CementSarbottam Cement

बैतडी । भारतीय सीमा क्षेत्रमा क्वारेन्टाइनमा बसेका नेपाली मजदुरले सर्वोच्च अदालतको आदेश कार्यान्वयन हुने आस गरेका छन् । सर्वोच्चको आदेश कार्यान्वयन गरेर आफूहरुलाई स्वदेश फर्काउन सबैले सहयोग गर्नुपर्ने मजदुर नवीन बोहराले जानकारी दिए ।

भारतीय क्वारेन्टाइनमा बसोबासका लागि निकै समस्या भएकाले आफूहरुलाई स्वदेश फर्काई स्वदेशकै क्वारेन्टाइनमा राख्न उनीहरूले आग्रह गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

भारतीय क्वारेन्टाइनमा बसोबासको समस्या भएकाले आफूहरुलाई स्वदेश फर्काउन आग्रह गरेको मजदुर हरिप्रकाश भट्टले बताए । सर्वोच्चले सीमामा रहेका नेपाली नागरिकलाई स्वदेशमा ल्याएर क्वारेन्टाइनमा राख्न आदेश दिएको भए पनि सो आदेश कार्यान्वयन हुनसकेको छैन ।

सीमावर्ती भारतीय क्षेत्रमा क्वारेन्टाइनमा बसेका नागरिकले बसोबासको समस्या हुँदा अन्य सरुवा रोगको जोखिम भएको समेत बताएका छन् ।

Global Ime bank

एकै कोठामा धेरै मानिस सुत्नुपर्ने भएकाले विभिन्न रोगको जोखिम रहेको नेपाली मजदुर दीर्घराज जोशीले बताए । आफूहरुलाई भारतीय क्वारेन्टाइनमा बसेको २२ दिन हुनै लाग्दासमेत स्वदेश फर्कन नपाउँदा खल्लो लागेको उनले बताए ।

गर्मीको समयमा धेरै जना एकै ठाउँमा बस्दा छालासम्बन्धी रोग, झाडापखाला र अन्य सरुवा रोगको सङ्क्रमण हुनसक्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले बताए ।

भारतीय बजार झुलाघाटमा २५० भन्दा बढी र धारचुलामा एक हजारभन्दा बढी नागरिक क्वारेन्टाइनमा बसिरहेका छन् । तीमध्ये बैतडीका मात्रै ९०० छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  ००:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC