site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
वीरगन्जमा अत्यावश्यक सवारी पनि नियन्त्रणमा लिइने
Sarbottam CementSarbottam Cement

जनकपुर । महानगरभित्रै बस्ने तीनजना कोरोना संक्रमित पुष्टि भएपछि वीरगन्जमा जिल्ला प्रशासन, प्रहरी लगायत सरोकारवाला निकायले आकस्मिक बैठक बोलाएको छ ।

लामो समयसम्म संक्रमित व्यक्तिहरु बसिरहेको क्षेत्रलाई सिल गर्ने लगायत विषयमा निर्णय लिन सरोकारवालाको बैठक बोलाइएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बाह्रखरीलाई बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

‘‘जिल्ला प्रहरी प्रमुख एसपी गंगा पन्त नेतृत्वको टोलीले सिल गर्नुपर्ने क्षेत्रको पहिचानमा लागेको छ भने प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले कानुनी व्यवस्थासम्बन्धी सल्लाह गर्दै हुनुहुन्छ,’’ बस्नेतले भने, ‘‘केही बेरपछि आजै बैठक बसेर उपयुक्त निर्णय लिन्छौं ।’’

मस्जिद क्षेत्र सिलसँगै वीरगन्जबाट आउजाउ हुने अन्य अतिआवश्यक सवारी पनि नियन्त्रण गर्ने छलफल बैठकमा गर्न लागेको उनले बताए । 

Global Ime bank

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना संक्रमित देखिएकाहरु लामो समयदेखि विरगन्ज २, छप्कैयामा अवस्थित एक एक मस्जिदमा बस्दै आएका थिए । उनीहरुलाई नारायणी अस्पतालमा सञ्चालित आइसोलेसनमा राखिएको छ । प्रहरीले उक्त मस्जिदमा बस्ने अन्य २६ जनालाई पनि आदर्शनगरस्थित सिद्धार्थ माविमा सञ्चालित क्वारेन्टाइनमा राखेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६  १५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC