site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
गायक डा. सुमन थापासँगको पलेँटी शृङ्खला युट्युबमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालयले केही महिनादेखि आफूले सञ्‍चालन गर्दै आएको सांगीतिक कार्यक्रम पलेँटीका पूरै कार्यक्रमहरु शृंखलाबद्ध रुपमा युट्युबमा सार्वजनिक गर्दै आइरहेको छ ।
 
यसै क्रममा संगीतकार आभास, गीतकार श्रवण मुकारुङका सिर्जनामा आधारित रहेर गायक डा.सुमन थापाद्वारा केहि समय अघि पलेँटीमा प्रस्तुत कार्यक्रमको पहिलो भाग अब सार्वजनिक भएको छ ।

प्रायजसो सामुन्ने रहेको आँखा जाच्ने यन्त्र ‘स्लिट ल्याम्प’मा तिलगंगा र क्लिनिकमा देखिने डा. सुमन पलेँटीको यसै भिडियोमा भने आफ्नो मनपर्र्ने बाजा गिटारका साथ देखिने छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

डा. सुमन पेशाले नेत्र विशेषज्ञ हुन् । नेपालयले गत अक्टोबरमा डा. सुमन थापाको पेसा र ‘प्यासन’लाई ध्यानमा राखेर पलेँटी डिजाइन गरेको थियो । यस शृंखलामा डा. सुमनले गाएका धेरैजसो गीत कवि श्रवण मुकारुङले लेखेका छन् ।

प्राय गीतमा डाक्टर सुमनको पेशा सुहाउँदो, आँखा र तिनले निहार्नेदृश्य सम्बन्धित विषय समेटिएको छ । सुमन थापाका निम्ति तयार पारिएका सबै नयाँ गीतहरूमा संगीतकार आभासले धुन भरेका छन् । शृङ्खलाको आरम्भमा सुमनकै संगीतका दुई गीत पनि समेटिएका छन् जसमा गीतकार रत्न शमशेर थापाको रचना पनि रहेको छ ।

Global Ime bank

‘गीत गाएर पलेँटीको मञ्चमा गाउन पुग्छु भन्ने कुरा त मैले सोचेकै थिइन । त्यसमा पनि एक्कैसाथ यतिधेरै नेपाली गीत गाउछु भन्ने त झनसोचेकै थिइन । तर पलेँटीले गर्दा श्रवणजी र आभासजीसँग रचनात्मक संगत गर्न पाएँ । यो क्षण मेरो सांगीतिक जीवनकै महत्वपूर्ण मोड हो । त्यो मोडको मजा युट्युबमार्फत् आम प्रशंसक माझ बाड्न पाउँदा एकदमै खुसी लागेको छ ।’ 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC