site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सङ्क्रमितसँगै आएका दाङका ५ जना क्वरेन्टाइनमा
Sarbottam CementSarbottam Cement

दाङ । कैलालीका कोरोना सङ्क्रमित २१ वर्षीय युवासँगै आउने दाङका १० जनामध्ये ५ जनालाई आइतबार बेलुकीदेखि क्वरेन्टाइनमा राखिएको छ ।

घोराही उपमहानगरपालिका ४, तार्केनिगाउँका ५ जनालाई कोरोना अस्पताल बेलझुण्डीको क्वरेन्टाइनमा राखिएको हो । उनीहरुको स्वाब टेस्टको नमुना सोमबार पठाइने भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अन्य ५ जना पनि सम्पर्कमा आएको र उनीहरुलाई पनि कोरोना अस्पताल बेलझुण्डी ल्याउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उनीहरुसँगै आएका कैलालीका एक जनामा शनिबार कोरोना भएको पुष्टि भएको थियो । सङ्क्रमित युवासँगै आउनेहरुमा  घोराही उपमहानगरपालिका ४ का ६ जना रहेका छन्।

घोराही ४ का २२ वर्षीय दुई जना, १७ वर्षका एक जना, २६ वर्षको एक जना, २९ वर्षको एक जना र साविक सोनपुर २ का १९ वर्षका एकजना सबै भारतको मुम्बईबाट चैत १२ गते नेपाल भित्रिएका हुन्।

Global Ime bank

भारतको चेन्नइबाट आएका लमही ५ का २० वर्षीय पुरुष, भारतको केरलाबाट फर्किएका सोही ठाउँकै २५ वर्षीय पुरुष पनि सङ्क्रमित युवासँगैको भिड गौरीफन्टामा रहेको पाइएको छ ।

त्यस्तै राजपुर गाँउपालिका ८ का १९ र २६ वर्षका दुई युवा पनि गौरीफन्टा नाकामा चैत ११ गतेको भिडमा रहेको प्रहरीले जनाएको छ । कोरोना सङ्क्रमित २१ वर्षीय युवा सरकारले लकडाउन घोषणा गरेपछि भारतबाट फर्किएको थिए । चैत ११ गते नेपाल प्रवेश गर्नुपर्ने माग गर्दै गौरीफन्टामा नाराबाजीमा उत्रिएको भीडमा उनीहरु पनि सहभागी रहेको पाइएको प्रहरीले जनाएको छ ।

उनीसँगै गौरीफन्टामा नाकामा रहेका ९ सय ९९ जनाले नेपाल आउन पाउनुपर्ने माग गर्दै प्रर्दशन गरेका थिए । त्यसपछि मन्त्रिपरिषद् बैठकको निर्णयपश्चात सीमामा रोकिएका ९ सय ९९ जनालाई प्रहरीले २१ वटा बसमार्फत गन्तव्य पठाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  २१:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC