site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
यी कलाकार जसले गरे लकडाउनमा सहयोग
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को जोखिम कम गर्न भन्दै सरकारले लकडाउन घोषणा गरेपछिको असहज परिस्थितीमा केही कलाकारले सहयोग गरेका छन् । 

कसैले सरकारले स्थपना गरेको कोरोना नियन्त्रण कोषमा सहयोग गरेका छन् भने केहीले आफ्नै कार्य क्षेत्रका अभावमा रहेका व्यक्तिलाई सहयोग गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कोरोना नियन्त्रण कोषमा निर्माता अर्जुनकुमारले ५० हजार सहयोग गरेका छन् भने नायिका वर्षा राउतले एक लाख रुपैयाँ सहयोग गरेकी छिन् । 

अर्जुनकुमार र वर्षाले कोरोना नियन्त्रण कोषमा सहयोग गर्दा चलचित्र छक्का पञ्जाको युनिटले आफ्नै क्षेत्र (चलचित्र)मा काम गर्ने स्पट व्वाईलाई सहयोगको घोषणा गरेको छ । दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र दीपाश्री निरौलाले संयुक्त रुपमा १ लाख १० हजार रुपैयाँ सहयोग गरेका हुन् । 

Global Ime bank

छक्का पञ्जा युनिटले सहयोग घोषणा गरेकै दिन नायक पल शाहले पनि सहयोग गर्ने वचन दिए । उनले पनि छक्का पञ्जा युनिटले जस्तै लकडाउनका कारण दैनिक मजदुरी गुमाएका चलचित्र प्राविधिकलाई ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । 

दैनिक मजदुरी गरेर घर चलाउने चलचित्र प्राविधिकहरु लकडाउन कारण समस्यमा रहेको भन्दै दीपकले नयाँ योजनासहितको सहयोग सुरु गरेका थिए । दीपकका अनुुसार लकडाउनले असर गर्ने चलचित्र प्राविधिकको संख्या २५ देखि ३० रहेको छ । 

यस्तै नायिका प्रियंका कार्की र नायक आयुषमान देशराज जोशीले लकडाउनमा खान नपाएका जनावरका लागि भन्दै एक लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् । एक कचौरा पानी र एक कचौरा खाना जनावरका लागि घरबाहिर राख्ने अभियानका लागि सहयोग स्वरुप आयांका फाउन्डेसनले एनिमल नेपाललाई एक लाख रुपैयाँ सहयोग गरेको हो ।   

एनिमल नेपालले छाडा छोडिएका जनावरका लागि एक कचौरा खाना र एक कचौरा पानी आगनमा राख्न आग्रह गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  १३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC