site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नेपालमा पहिलो संक्रमित भेटिँदा चीनमा कोरोनाभाइरसले महामारीको रूप लिइसकेको थियो । संसद्, सामाजिक सञ्जाल र सरकारलाई कोरोनाभाइरसको संक्रमण रोक्न आवश्यक उपाय अपनाउन दबाब दिइयो । सरकारका मन्त्रीहरूले संसद् र सार्वजनिक मञ्चहरूमा जनताको चासोलाई हाँसोमा उडाए । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्ना त्यति बेलाका गलत अभिव्यक्तिका लागि अहिलेसम्म सार्वजनिक माफी मागेका छैनन् । नेपाली समाजले पनि लाग्छ यो संकटका बेला तिनको आपत्तिजनक अभिव्यक्ति बिर्सिसकेको छ । अहिले सामाजिक सञ्जाल र सञ्चार माध्यम हेर्दा लाग्छ पछि कुनै दिन त्यसको हिसाबकिताब गरे पनि अहिले ध्यान दिनुपर्ने विषय अरू नै छन् । संकटका बेला गर्नुपर्ने काम अरू नै छन् । दुर्भाग्य, सरकारी अधिकारीहरूको भने नियतमै शंका गर्नुपर्ने देखियो । 

सरकारले कोरोनाभाइरस परीक्षण गर्ने सामग्री त किन्यो भनेर आश्वस्त नेपाली जनताको विश्वास दुई दिन पनि टिक्न सकेन । अहिले सरकारले किनेको केही सामग्री भरपर्न नसकिने रहेछ । विश्वसनीयतामा शंका भएकाले विश्व स्वास्थ्य संगठनले प्रयोग नगर्न निर्देश गरेको सामग्री नेपालले किनेछ । स्वास्थ्य मन्त्रालयले त्यो ‘र्‍यापिड टेस्ट किट’ भनिने सामग्री प्रयोग नगर्न निर्देशन दिएको समाचार छ । सामन खरिद गर्ने निर्णय गर्दा अपनाइएको प्रक्रिया उत्तिकै विवादास्पद भयो । सम्पूर्ण सामग्रीको खरिदमा नियोजितरूपमै आर्थिक अनियमितता गरिएको आरोप सञ्चार माधयम र सामाजिक सञ्जालमा सप्रमाण लगाइएको छ । आर्थिक अनियमितताको आरोपमा संकट समाधान भएपछि छानबिन गरेर अख्तियारको दुरुपयोग भएको देखिए कारबाही गरेहुन्छ ।

ढिलै भए पनि संकटको बेला हुनालेस्वास्थ्य सामग्री खरिद गर्दा सरकार इमानदार रहेको होला भन्ने धेरैलाई लागेको थियो । परन्तु, यो र्‍यापिड टेस्ट किटको खरिद सरकारको इमानदारीको पनि कसी हुन पुग्यो । सरकार विफल भयो । स्वास्थ्य मन्त्रालयभित्र वा बाहिरका कसैले यसका बारेमा सञ्चार माध्यमलाई जानकारी नदिएको भए विश्व स्वास्थ्य संगठनको निर्देशन उल्लंघन गर्दै त्यही किट प्रयोग गरिनसक्थ्यो । नक्कली परिणाम दिने किटले संक्रमित व्यक्तिलाई भाइरसमुक्त देखाउन सक्थ्यो । त्यसरी भाइरसमुक्त देखाइएको व्यक्ति समाजमा घुलमिल भएपछिको अवस्था अकल्पनीय हुनसक्थ्यो । नेपाललाई यो संकटबाट जोगाउने ती गुमनाम व्यक्तिलाई धन्यवाद । तिनले साँच्चै नै कसैको गुनको नभएर नुनको सोझो गरे । तिनको भलो होस् । । तर, परीक्षणको नतिजा नै भरपर्न नसकिने सामान किनेर जनताको स्वास्थ्यमा खेलाँची गर्ने अपराधका लागि भने सम्बन्धित व्यक्तिले क्षमा पाउनु हुँदैन । जानाजान काम नलाग्ने किट किन्नेहरूमाथि कारबाही जति छिटो हुन्छ सरकारप्रति विश्वास उही गतिमा फर्कन्छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १४:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC