site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लकडाउन अवज्ञा गर्ने ३५२ भारतीय वीरगन्‍जमा पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

पर्सा । कोभिड-१९ को सङ्क्रमणलाई रोक्न देशव्यापी लकडाउन अवज्ञा गर्ने ३५२ भारतीय नागरिकलाई आज पर्सा प्रहरीले वीरगन्‍जबाट नियन्त्रणमा लिएको छ । वीरगन्‍ज नाकाबाट भारततर्फ जाँदै गरेका पाँच महिला, ११ बालबालिका र ३३६ पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

देशको विभिन्‍न स्थानमा रही काम गर्दै आएका भारतीय नागरिक वीरगन्‍ज नाकाबाट भारततर्फ जाने क्रममा बिहान १ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए । उनले नियन्त्रणमा लिइएकालाई हाल वीरगन्‍जको आदर्शनगरस्थित ठाकुरराम बहुमुखी कम्यापसको एजुकेसन भवनमा राखिएको बताए ।

काठमाडौं, चितवन, मकवानपुर, पोखरालगायत स्थानमा रही काम गर्दै आएका भारतीयहरु  मालवाहक वाहनमा लुकिछिपी तथा पैदल यात्रा गर्दै वीरगन्‍जसम्म आइपुगेको प्रहरीले जनाएको छ । गएरातिदेखि नै प्रहरी नियन्त्रणमा रहेकालाई आदर्शनगर ग्रिन सिटी सामुदायिक सेवा केन्द्रले खानाको प्रबन्ध गरेको छ । नियन्त्रणमा रहेकालाई जिल्ला सुरक्षा समन्वय समितिको आज बस्‍ने बैठकले के कारबाही गर्ने विषयमा निर्णय गर्ने प्रहरीले जनाएको छ  । -रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १२:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC