site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
इटलीमा कोरोनाले ११ हजार बढीको मृत्यु
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) महामारी घोषणा गरेको प्राणघातक कोरोनाभाइरसको संक्रमणबाट इटलीमा मर्नेको संख्या साढे ११ हजारभन्दा बढी पुगेको छ । 

कोरोनाभाइरसको संक्रमणबाट इटलीमा अहिलेसम्म ११ हजार पाँचसय ९१ जनाको मृत्यु भइसकेको जोन्स हाप्किन्स युनिभर्सिटीले पुष्टि गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

इटलीमा औसत रुपमा दैनिक छ सयभन्दा बढी संक्रमितको मृत्यु भइरहेको युनिभर्सिटीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । इटलीको लोम्बार्डी क्षेत्र कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित छ ।

इटलीमा अहिलेसम्म संक्रमणका एक लाखभन्दा बढी मामिलाहरु बाहिर आइसकेका छन् । यद्यपि, त्यहाँ १४ हजारभन्दा बढी मानिसहरु उपचारपछि निको पनि भइसकेका छन् । 

Global Ime bank

इटलीसँगै स्पेनमा पनि मर्नेको संख्या लगातार बढ्दै गएको छ । मंगलबार बिहानसम्म स्पेनमा सात हजारभन्दा बढी संक्रमितका मृत्यु भइसकेको छ ।

स्पेनमा १६ हजारभन्दा पनि बढी संक्रमितहरु उपचारपछि निको भएका छन् भने ८७ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  ०८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC