site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
 कोरोनाविरुद्ध सरकारले काम गरेको छ, भ्रम नफिँजाउनूस्
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कार्यकर्तालाई कोभिड–१९ विरुद्ध सरकारले गरेका कामबारे नकारात्मक प्रचार नगर्न आग्रह गरेको छ ।

कतिपय अवस्थामा पार्टीभित्रैबाट सरकारको आलोचना भएको भन्दै तुरुन्तै रोक्न र भ्रमित नहुन आग्रह गरेको हो ।

विशेष सर्कुलर पठाएर नेकपाले आफ्ना कार्यकर्तालाई कोरोनाबाट बच्न अपिल गरेको  छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“सङ्किर्ण स्वार्थमा अल्झिएर भ्रम फिजाउने वा सीमित साधन स्रोतका बाबजुद सरकारले गरेका प्रभावकारी कामहरुलाई समेत आलोचना गर्नेजस्ता नकारात्मक प्रवृत्तिहरु कतैबाट पनि प्रकट हुनु वाञ्छनीय हुँदैन,” नेकपाले सर्कुलरमा भनेको छ ।

नेकपाले अर्को निर्देशन नआएसम्म पार्टी तथा पार्टी निकटका जनवर्गीय संगठनहरुका तर्फबाट बैठक, भेला, सदस्यता नवीकरणलगायत सबै प्रकारका कार्यक्रमहरु स्थगित गर्न पनि अपिल गरेको  छ ।

Global Ime bank

नेकपाले सरकारी निकाय, प्रदेश सरकार र स्थानीय तहसागको समन्वय र सहकार्यमा प्रयोगशाला, अस्थायी उपचार केन्द्र, क्वारेन्टाईन लगायतका पूर्वाधार निर्माण गर्न र तिनका लागि आवश्यक सामाग्री तथा स्वास्थ्य उपकरण जुटाउन सहयोग गर्न पनि मातहतका कार्यकर्तालाई अनुरोध गरेको छ ।

हेर्नुहोस् पूर्णपाठ

यतिबेला कोविड – १९ (कोरोना भाईरस) को महामारीले विश्व समुदायलाई नै गम्भीररूपमा प्रभावित गरिरहेको छ। उपचारको विश्वसनीय विकल्पको आविष्कार भइनसकेको वर्तमान अवस्थामा यस रोगको संक्रमणबाट जोगिन पूर्व सतर्कता अपनाउनु सबैका लागि अपरिहार्य हुन गएको छ। आजको मितिसम्म दुनियाँका कपितय मुलुकहरुको तुलनामा हाम्रो मुलुकमा यस रोगको संक्रमण कम देखिएको छ तापनि नेपाल कोरोना भाईरसको उच्च जोखिममा रहेको भन्ने विश्व स्वास्थ्य संगठनको ठहरले हामीलाई सम्पूर्ण क्षमताका साथ उच्च सतर्कता र तयारीमा जुट्न प्रेरित गरेको छ।

सरकारले नेपालमा कोरोना भाईरसको संक्रमण फैलिन नदिन उच्च सतर्कताका साथ महत्त्वपूर्ण कदम चालेको यथार्थ सबैमा विदितै छ। सरकारले अपनाएको सतर्कता र प्रयासको कारणले नै अहिलेसम्म नेपालमा कोरोना भाईरसले महामारीको रुप लिइहाल्नसकेको छैन। सरकारका यी कमदहरुलाई स्वागत, समर्थन गर्नु र साथ दिनु हरेक नेपालीको जिम्मेवारी हो। कोरोना भाईरसद्वारा सिर्जित विश्व्यापी संकट र राष्ट्रका सम्मुख बढ्दो खतराको घडीमा आपसी एकतालाई बलियो बनाउँदै यसलाई सामना गर्न सहयोगी हात जुटाउनुपर्नेमा सङ्किर्ण स्वार्थमा अल्झिएर भ्रम फिजाउने वा सीमित साधन स्रोतका बाबजुद सरकारले गरेका प्रभावकारी कामहरुलाई समेत आलोचना गर्नेजस्ता नकारात्मक प्रवृत्तिहरु कतैबाट पनि प्रकट हुनु बाञ्छनीय हुँदैन।

विश्वस्तरमा झन् पछि झन् विकराल बन्दै गएको यस रोगको संक्रमण फैलिन नदिन र कहीँ कसैमा देखापरिहालेमा पनि सुरक्षित तबरले उपचारको प्रबन्ध गर्न सरकारका प्रयासहरुलाई स्वयम्सेवी भूमिकाका साथ सघाउन र अझ प्रभावकारी बनाउन जरुरी छ। यसनिम्ति समस्त पार्टीपङ्क्ति एवम् पार्टी निकटका जनवर्गीय संगठनहरुलाई निम्नानुसार परिचालित हुन निर्देशित गरिएको छ ।

अर्को निर्देशन नआएसम्मका लागि पार्टी तथा पार्टी निकटका जनवर्गीय संगठनहरुका तर्फबाट बैठक, भेला, सदस्यता नवीकरणलगायत सबै प्रकारका कार्यक्रमहरु स्थगित गर्ने।

कोरोना भाईरसको संक्रमणबाट जोगिन नेपाल सरकार र सरकारका अधिकारप्राप्त निकायहरुबाट गरिएका लक डाउन लगायतका सम्पूर्ण निर्णय, आह्वान र अपिललाई आफूले पूर्णरुपमा पालना गर्ने र पालना गर्नका लागि आमजनसमुदायमा सन्देश प्रवाह गर्ने। स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थालगायत राज्यका आधिकारिक निकायहरुसागको समन्वयमा सचेतना, पूर्व तयारी र सहयोगका लागि स्वयम्सेवकको भूमिकामा परिचालित हुने।

कोरोना भाईरसको संक्रमणबाट जोगिन आफूले नियमित रुपमा साबुन पानीले हात धुने वा गुणस्तरीय सेनिटाईजरले हात सफा गर्ने, मास्क प्रयोग गर्ने, भीडभाडमा नजाने, खोकी वा हाछ्युा लागेमा कुईना वा टिस्यूपेपरले मुख ढाक्ने, अन्य व्यक्तिसाग कम्तीमा तीन फिटको दुरीमा रहनेलगायतका सतर्कताका तरिकाहरु अपनाउने। परिवार, छरछिमेकी तथा आमजनसमुदायलाई पनि तदनुरुप नै सतर्कता अपनाउन प्रेरित गर्ने, सघाउने

हवाईमार्ग वा स्थलमार्गको प्रयोग गरी विदेशबाट आएका कुनै पनि व्यक्तिलाई १४ दिनसम्म सेल्फ आईसोलेशन वा क्वारेन्टाईनमा रहन प्रेरित गर्ने, सघाउने।

कोरोना भाईरसको लक्षण देखिएको व्यक्ति वा लक्षण देखिएको व्यक्तिसागको सम्पर्कमा आएको व्यक्तिका बारेमा नजिकको स्वास्थ्य संस्थालाई सूचना दिने। त्यस्ता व्यक्तिको यात्रा अभिलेख र कन्ट्याक्ट ट्रेसिङ तयार गर्ने र राज्यका अधिकार प्राप्त निकाय वा नजिकको स्वास्थ्य संस्थालाई उपलब्ध गराउने। त्यस्ता व्यक्तिको स्वास्थ्य परिक्षण र उपचार कार्यमा सघाउने।

सरकारी निकाय, प्रदेश सरकार र स्थानीय तहसागको समन्वय र सहकार्यमा प्रयोगशाला, अस्थायी उपचार केन्द्र, क्वारेन्टाईन लगायतका पूर्वाधार निर्माण गर्न र तिनका लागि आवश्यक सामाग्री तथा स्वास्थ्य उपकरण जुटाउन सहयोग गर्ने।

कोरोना भाईरसको भयावह सङ्क्रमणबाट जोगिन नेपाल सरकारले एक हप्तासम्म लक डाउन गर्ने निर्णय गरेको छ। समस्या फैलिन नदिन सरकारले यसलाई अपरिहार्य उपायका रुपमा अवलम्बन गरेको छ। अनेक कठिनाईका बाबजूद सरकारको यो निर्णय तथा आह्वानलाई साथ दिनु र सफल तुल्याउनु प्रत्येक नेपालीको कर्तव्य हुन आएको छ। त्यसर्थ सरकारको यो निर्णयको प्रभावकारी कार्यान्वयनका लागि सक्रिय भूमिका निर्वाह गर्ने।

नेपालमा कोरोना भाईरसको सङ्क्रमण नियन्त्रण गर्न र फैलिन नदिन नेपाल सरकार, सरकारी तथा निजी क्षेत्रका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरु, राज्यका सम्पूर्ण निकायहरु, राजनीतिक दलहरु, सामाजिक जीवनका प्रबुद्ध व्यक्तिहरु र सम्पूर्ण नेपालीले आजैदेखि, अहिल्यैदेखि सचेतना, सतर्कता र नियन्त्रण कार्यमा जुट्न जरुरी छ।

हामी आफू कोरोना भाईरसको सङ्क्रमणबाट जोगिएर र आफ्नो देशलाई जोगाएर मात्र विश्वस्तरबाट यस महामारीलाई नियन्त्रण गर्नका लागि योगदान दिन सक्नेछौं। त्यसर्थ, हाम्रो पार्टी कोरोना भाईरसद्वारा सीर्जित विश्वव्यापी महामारीको यस समस्यालाई र यसको प्रकृतिलाई यही गम्भीरताका साथ लिन र यथेष्ट सतर्कता एवम् सक्रियताका साथ परिचालिन हुन समस्त पार्टीपङ्क्तिलाई निर्देशित गर्दछ। त्यसैगरी अभूतपूर्व एवं असाधारण राष्ट्रिय एकताका साथ सम्भावित बढ्दो खतराको सामना गर्न सम्पूर्ण देशवासी दाजुभाई तथा दिदी–बहिनीहरुमा हार्दिक आग्रह गर्दछ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  २२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC