site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोरोना भाइरस र मृत्युको आशङ्का
Sarbottam CementSarbottam Cement

काठमाडौं । बेलायत सरकारको वैज्ञानिक सल्लाहकारका अनुसार कोरोना भाइरसको सङ्क्रमण कारण मृत्यु हुने आशङ्का ०.५ देखि १ प्रतिशतसम्म मात्रै रहेको छ । उता विश्व स्वास्थ्य सङ्गठनको अनुमान पत्याउने हो भने यो प्रतिशत ४ रहेको छ । जे भए पनि कोरोना भाइरसका कारण मृत्युको दर निकै कम छ । बेलायतमा मार्च २३ सम्म यो दर ५ प्रतिशत थियो, किनकि त्यहाँ सङ्क्रमणको सबै घटना पुष्टि भइसकेको थिएन । 

कोरोना भाइरस सङ्क्रमणको विषयमा कसको परीक्षण गर्नुपर्ने र कसको नगरे पनि हुने भन्ने सन्दर्भमा मुलुकैपिच्छे मापदण्ड बनेको छ । यसकारण पनि यो सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या फरकफरक देखिन पुगेको छ । कतिपय मुलुकको आँकडा भ्रामकसमेत देखिएको छ । 

मुख्य कुरो के हो भने, सङ्क्रमित व्यक्तिको मृत्यु हुनुमा उसको उमेरमा पनि निर्भर रहने गरेको छ । जानकारहरुका अनुसार कोरोना सङ्क्रमणबाट सबैभन्दा बढी खतरा त्यस्ता व्यक्तिलाई हुन्छ, जो वृद्ध छ र पहिलादेखि नै अन्य रोगबाट ग्रस्त छ । 

Prabhu Bank
Agni Group
NIC Asia

लन्डनस्थित इम्पेरियल कलेजको ताजा आकलनअनुसार ८० वर्षभन्दा माथि उमेरका व्यक्तिको मृत्युदर १० गुना बढी छ भने ४० वर्षमुनिका व्यक्तिमा त्यस्तो दर निकै कम छ । बेलायत सरकारको मुख्य चिकित्सा सल्लाहकार प्रोफेसर क्रिस ह्विटी वृद्ध व्यक्तिलाई बढी खतरा रहेको स्वीकार्दै भन्छन्, ‘‘तर अधिकांश वृद्ध व्यक्तिलाई कोरोनाको सामान्य लक्षण मात्रैले पनि खतरा बढाइदिन सक्छ ।’’

यसको अर्थ कोरोनाले युवालाई असर नगर्ने भन्ने बिलकुलै होइन, यसका कारण कतिपय युवा आईसीयुमा पुगिसकेको चेतावनी पनि ह्विटी दिन्छन् । कोरोनाको खतरालाई उमेरका आधारमा मात्र हेरिनु गलत हुने उनको भनाइ छ । 

Global Ime bank

चीनमा पहिलो पटक कोरोना भाइरसको सङ्क्रमणमा परेका ४४ हजार व्यक्तिमाथि विश्लेषण गरिएको थियो । उक्त विश्लेषणबाट मधुमेह, उच्च रक्तचाप, स्वासप्रस्वाससम्बन्धी रोग भएका व्यक्तिको मृत्यु पाँच गुना बढी रहेको पत्ता लागेको थियो । 

मृत्युका यी सबै कारणले मानिसको शरीरमा प्रभाव पारिरहेका हुन्छन् । संसारका विभिन्न क्षेत्रमा अलगअलग प्रकारका मानिसमा यो भाइरसका कारण कत्तिको खतरा छ भन्ने बारे अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन । कोरोना सङ्क्रमणमा परेकामध्येको मृत्युदरलाई हेर्दा के कस्तो प्रकारको स्वास्थ्य अवस्था भएको मानिसलाई यसले कस्तो र कुन तहको प्रभाव पार्छ भन्न सकिने अवस्था छैन ।  

मानिसहरु कोरोनाको सामान्य लक्षण देखिँदासम्म चिकित्सकलाई देखाउन जाँदैनन् । यसबाट के बुझ्न सकिन्छ भने, सङ्क्रमणको मामिलामा अधिकांश रिपोर्ट सार्वजनिक नै हुँदैन । मार्च १७ का दिन बेलायतका मुख्य वैज्ञानिक सल्लाहकार सर प्याट्रिक वालेन्सले अनुमान गरेका थिए, देशमा कोरोना सङ्क्रमणको लगभग ५५ हजार घटना हुन सक्छ । यद्यपि, बेलायतमा त्यो सङ्ख्यामा कोरोना पुष्टि आजसम्म पनि हुन सकेको छैन । 

वैज्ञानिकहरु मौजुदा सबै प्रमाणलाई एकैसाथ राखेर मृत्युदरबारे एउटा तस्बिर बनाउने प्रयास गर्छन् । तर सम्बद्ध मुलुक, त्यहाँ उपलब्ध परीक्षण सुविधा तथा उपचार विधिले पनि मृत्युदर निर्धारण गर्छ । त्यसकारण वैज्ञानिकहरुले बनाएका तस्बिर पनि समयअनुसार परिवर्तन हुँदै जान्छन् । युनिभर्सिटी अफ इस्ट एन्ज्लियाको मेडिसिनका प्रोफेसर पल हन्टर भन्छन्, ‘‘मृत्यु दर तल ओर्लन पनि सक्छ, माथि उक्लन पनि सक्छ ।’’

कतिपय पुराना महामारी (इबोलालगायत)बाट पनि विभिन्न मुलुकले पाठ सिकिसको हुनुपर्ने उनको भनाइ छ । उनी थप्छन्, ‘‘यदि स्वास्थ्य प्रणाली नै खराब छ भने मृत्युदर निकै बढ्न सक्छ ।’’ त्यसकारण पनि कोरोना प्रभावित नेपाललगायत हरेक मुलुकले आफ्नो स्वास्थ्य प्रणालीलाई चुस्त राख्नुको विकल्प यतिखेर छैन । 
(बीबीसीमा आधारित)
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  ०८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC