विशेष
एजेन्सी । सुडानका रक्षामन्त्री जनरल जामल अल-डिन ओमारको हृदयाघातका कारण निधन भएको छ । सुडानी अधिकारीहरुका अनुसार दक्षिणी सुडान भ्रमणका क्रममा बुधबार उनको निधन भएको हो ।
रक्षामन्त्री ओमार संक्रमणकालीन सरकार र विद्रोही समूहबीचको शान्ति वार्ताका क्रममा दक्षिणी सुडानको राजधानी जुबा पुगेका थिए । सुडान सार्वभौम परिषदका सदस्यसमेत रहेका ओमारले मुलुकको सैन्य र प्रजातन्त्र पक्षधरका अभियानकर्ताबीचको ३९ महिना लामो शक्ति-साझेदार सम्झौतापछि शक्ति हातमा लिएका थिए ।
सुडानी सेनाले ओमारको निधन हृदयघातबाट भएको पुष्टि गरेका हुन् । -अलजजिरा
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६ १६:४५
प्रतिक्रिया दिनुहोस्