site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
साँझपख अलिअलि खुले पसल, सर्वसाधारण खाद्यान्‍न जोहो गर्दै
Sarbottam CementSarbottam Cement

काठमाडौं । लकडाउनको पहिलो दिन साँझपख सर्वसाधारण खाद्यान्‍न खरिदका लागि बाहिर निस्किएका छन् । आज साँझ दैनिक उपभोग्य खाद्यान्‍न एवं औषधि खरिदका लागि सर्वसाधारण बाहिर निस्किएका हुन् । यद्यपि खाद्यान्‍न पसल ज्यादै न्यून मात्रामा खुलेका छन् । फाट्टफुट्ट खुलेका औषधि, खाद्यान्‍न, डेरी र फलफूल पसलमा सर्वसाधारण होसियारीका साथ सामान किनमेल गरिरहेका थिए ।

कतिपय पसलमा मानिसहरूले एक मिटरको दूरी कायम गरेका थिए भने कतिपय पसलमा पहिलकै जस्तो दूरी कायम गरेका थिएनन् । व्यवसायी भने दूरीमा रहेर बस्‍न आग्रह गर्दै थिए । एक व्यवसायीले भनिन्, ‘दूरी कायम गरेर बसिदिनु होला, आफ्नै लागि हो, सबैलाई पालैपालो भएको सामान दिन्छु ।’

Prabhu Bank
Agni Group
NIC Asia

आज बिहानैदेखि खाद्यान्‍न, दूधका पसल बन्द भएपछि उनीहरू साँझको समयमा बाहिर निस्केका हुन् । दिउँसो औषधि पसल खुलेका थिए । सरकारी पेट्रोल पम्प खुला रहे पनि निजी भने बन्द थिए । जथाभावी हिँड्न पनि प्रहरीले कडाइ गरेको थियो ।

Global Ime bank

काठमाडौं उपत्यकासहित देशभरका बैंक तथा वित्तीय संस्थाका कार्यालय बन्द थिए भने एटीएम खुला थिए । बजारमा दिउँसो खानेपानीको ट्याङकर, पानीको जार बोकेका गाडी, एम्बुलेन्स, फोहोर बोक्ने गाडी र केही निजी सवारीसाधन चलेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  २०:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC