site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कोरोना आशंका गरिएका ६० जनाको परीक्षण गरिँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना भाइरसको संक्रमणको आशंकामा विभिन्न अस्पतालले ६० जनाको नमुना संकलन गरेर पठाएको राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाले जनाएको छ ।

प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले आज ६० जनाको कोरोना भाइरसको आशंका गरेर आएका नमुना परीक्षण  भइरहेको बाह्रखरीलाई बताएका छन् । ‘‘मंगलबार बिहानसम्म ६ सय ६० जनाको नमुना परीक्षण भइसकेको छ  । जसमा एउटा मात्र कोरोना पोजेटिभ देखिएको छ अरु सबैमा नेगेटिभ छ,’’ उनले बाह्रखरीसँग भने, ‘‘आजबाट देशैभर लकडाउन भएको अवस्थामा ती नमुनाहरु गाडीबाटै आउँदै छन् ।’’

Prabhu Bank
Agni Group
NIC Asia

भरतपुरबाट पनि ५ वटा नमुना संकलन भएर आएको छ । ती सबैको आजै परीक्षण हुने उनले जानकारी दिए ।

कोरोना पोजेटिभ देखिएकी युवतीका पाँच आफन्तको पनि नमुना परीक्षण गरिँदै
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना पोजेटिभ देखिएकी महिलाका पाँच आफन्तको पनि आजै ‘थ्रोट स्वाव’ संकलन गरी परीक्षण गरिरहेको छ । 

Global Ime bank

प्रयोगशालाका सूचना अधिकारी गुप्ताले अहिले उनको सम्पर्कमा आएका परिवारका पाँच सदस्यकको स्वाब संकलन गरी परीक्षण सुरु गरेको जनाएका छन् । उनले भने, ‘‘उनीसँग सम्पर्कमा भएकाहरुको पनि खोजी भइरहेको छ ।’’

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १३:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC