site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जनता कर्फ्युले काँकडभिट्टा नाका ठप्प
Sarbottam CementSarbottam Cement

भद्रपुर । भारतले  ‘जनता कर्फ्यु’ लगाएका कारण पूर्वको प्रमुख नाका काँकडभिट्टा ठप्प भएको छ । सीमा पूरै सुनसान बनेको छ भने यात्रु नभएर छोटो दूरीका यातायातसमेत ठप्प भएका छन् । आइतबार बिहानदेखि भारत सरकारले आफ्नो देशमा जनता कर्फ्यु लगाउँदा हवाई, रेल तथा स्थल यातायात बन्द भएको कारण सीमामा आवतजावत ठप्प बनेको ट्राभल्स सङ्घ झापाका अध्यक्ष नेत्र कार्की बताउँछन् । 

कोरोना भाइरस फैलिने सन्त्रास बढेको बेला भारतको कर्फ्युले नाका ठप्प हुँदा नेपाललाई फाइदा नै पुगेको उनको धारणा छ । उनका अनुसार भारतबाट यात्रु आउने क्रम रोकिएको छ । काँकडभिट्टा नाकामा नेपाली सुरक्षाकर्मीले पनि कडाइ गरेको पाइएको उनले बताए । नेपाली सुरक्षाकर्मीले भारततिर अनावश्यकरुपमा जाने र नाकामा रमिता हेर्न आउनेलाई फर्काएर राम्रो गरेको उनको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले नाकामा नेपालले बन्द नगरेको तर भारतमा लगाइएको जनता कर्फ्युले ओहोरदोहोर ठप्प बनेको जानकारी आएको बताए । नाका बन्द गर्ने विषय सङ्घीय सरकारको क्षेत्राधिकारभित्र भएको जनाउँदै हालसम्म केन्द्रबाट त्यस्तो बन्दको निर्देशन नआएको उनको भनाइ छ ।

नागरिक यातायात प्रालिका सञ्चालक राम थापाले यात्रु घटेकाले बस सेवा कटौती गरिएको जनाउँदै १५ वटामध्ये आइतबार पाँचवटा मात्र छोटो दूरीमा चलाइएको उनले जानकारी दिए । चलाइएका बसमा समेत यात्रु नभएर खाली कुदाउनु पर्दा ठूलो घाटा व्यहोर्नु परिरहेको उनी बताउँछन् ।

Global Ime bank

काँकडभिट्टासँग सीमा जोडिएको भारतको पानीटङ्की नाकाका खटिएका पश्चिम बङ्गाल प्रहरीका सहायक निरीक्षक किशोर क्षेत्रीले सीमावर्ती बजार र गाउँ  ‘जनता कर्फ्यु’ का कारण पूरै बन्द रहेको बताए । बजार, यातायातलगायत सबै बन्द रहेको र सर्वसाधारण घरभित्रै बसेको हुँदा नाकामा ओहोरदोहोर ठप्प रहेको उनको भनाइ छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण फैलिएका कारण सीमानाका नेपाल सरकारले अविलम्ब बन्द गरे सङ्क्रमण भित्रिने जोखिम कम हुने भन्दै सीमा क्षेत्रका बासिन्दाले माग गर्दै आएका छन् । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले समेत नाकालाई सरकारले बन्द गर्नुपर्ने अवस्था भइसकेको बताउँछन् ।

उनले प्रदेश १ सरकारलाई मेचीनगर नगरपालिकाका तर्फबाट काँकडभिट्टा नाका बन्द गराइदिन ध्यानाकर्षण गराइसकेको बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  २१:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC