site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
चीनसँगको सीमा जोडिएको रुसमा कोरोना संक्रमितको संख्या न्यून
Sarbottam CementSarbottam Cement

मस्को । रुसी राष्ट्रपति भलाद्‍‌मिर पुटिनले आोफ्नो मुलुक कोरोना भाइरसको व्यापक फैलावट रोक्न सक्षम भएको बताएका थिए । उनले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा रहेको बताएका थिए । 

सामयिक र आक्रामक पूर्वसावधानीका कारण रुसमा कोरोना संक्रमण निकै कम रहेको बताइएको छ । रुसी अधिकारीहरुले सार्वजनिक गरेका सूचनाअनुसार कोरोना नियन्त्रणमा राष्ट्रपति पुटिनको रणनीति सफल भएको बताएका छन् । 

चीनसँगको २६ सय माइल लामो सिमानाका भए पनि रुसमा कोरोना संक्रमितको संख्या निकै कम छ । रुसमा पहिलो कोरोना संक्रमित जनवरीमा भेटिएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

६ लाख २८ हजार जनसंख्या भएको लक्जेमवर्गमा शनिबारसम्म ६७० जना संक्रमित छन् भने आठजनाको मृत्यु भइसकेको छ । तर, रुसमा १४ करोड ६० लाख भएको रुसमा संक्रमितको संख्या २५३ जनामात्रै रहेको सीआईए वर्ल्ड फेसबुकले जनाएको छ । 

रुसले चीनमा कोरोना संक्रमणले महामारीको रुप फैलिनुअघि नै २६ सय माइल लामो चीनसँगको सीमानाका बन्द गरिएको थियो । रुसले जनवरी ३० मा नै सीमा नाका बन्द गर्नुका साथै 'क्‍वारेन्टाइन जोन' निर्धारण गरेको थियो । विज्ञहरुका अनुसार रुसी पूर्वसावधानीले प्रकोपको रुप लिन नसकेको हो । 

Global Ime bank

कोरोनाको परीक्षणमा कडाइ 

"विश्‍व स्वास्थ्य संगठनका डाइरेक्टर जनरलले कोरोना परीक्षण गर्न सुझाव दिएका छन्," डब्लुएचओका रुसी प्रतिनिधि डा. मेलिता भुजनोभिकले बिहीबार भनिन्, "रुसले वास्तवमै जनवरी अन्तिमदेखि पूर्वसावधानी अपनाएको थियो ।"   

भुजनोभिकले रुसले परीक्षणकलाई कडाइ गर्नुका साथै सीमानाकामा पनि कडाइ गरेको बताइन् । 

"परीक्षण, संक्रमणको पहिचान, संक्रमितको खोजी, आइसोलेसनलगायतका पूर्वासावधानीहरु विश्व स्वास्थ्य संगठनले प्रस्ताव र सुझाएको थियो । र, रुसले सबै कुरा सामयिक र सही ठाउँमा पालना गरेको थियो," उनले भनिन्, "दोस्रो अनिवार्य शर्त भनेको सोसल डिस्टेन्सिङ हो । यसमा पनि रुसले आफ्ना नागरिकलाई सुरुआतदेखि नै सामाजिक दूरीका विषयमा जनचेतना जगाउनुका साथै सजगत र सचेत हुन आग्रह गरेको थियो ।" 

रुसी उपभोक्ता 'वाचडग' रोसपोट्रेब्‍नाड्जोरका अनुसार देशभर एक लाख ५६ हजार कोरोना परीक्षण केन्द्र स्थापना गरिएको बताए । अमेरिकाले मार्चदेखि मात्र कोरोना परीक्षणको सुरुआत गरेको भए पनि रुसमा भने फेब्रुअरीदेखि नै परीक्षण सुरु गरेको थियो । रुसले इरान, चीन र दक्षिण कोरियाबाट आउने यात्रुमा पनि फेब्रुअरीदेखि नै प्रतिबन्ध लगाउनुका साथै विमानस्थलमा कडा परीक्षण र निगरानी गरिएको थियो । 

त्यसैगरी युरोपबाट आउने यात्रुमाथि पनि कडा निगरानी र परीक्षण गरिएको छ । उनीहरुलाई दुई सातासम्म क्‍वारेन्टाइनमा बस्‍न आग्रह गरिएको छ । रुसी स्वास्थ्य अधिकारीका अनुसार रुसमा देखिएका कोरोना संक्रमितमध्ये अधिकांश इटालीबाट आएकाहरु रहेका छन् । 

सरकारप्रति जनताको अविश्‍वास 

रुसी सरकारले हालसम्म कोरोना संक्रमितको संख्या कम भएको दाबी गरे पनि रुसी जनताहरुले सरकारप्रति अविश्वास व्यक्त गरेका छन्  । सोभियत विरासत बोकेको रुसका जनताहरु सामाजिक सञ्‍जालमार्फत सरकारले उचित परीक्षण नगरेको र संक्रमितको तथ्यांक पारदर्शी नभएको भन्दै सामाजिक सञ्‍जालमा सरकारको आलोचना भइरहेको छ । 

सन् १९८६ को केमोबिल आणविक विपद र सन् १९८० को दशको एचआईभी/एड्सको महामारीका समयमा रुसी सरकारले तथ्यांक लुकाएको भन्‍ने विषयमा जनता जानकार भएका कारण पनि अहिले रुसी सरकाप्रति अविश्वासका स्वरहरु उठेका हुन् । 

रुसी अधिकारीहरुले भने यससम्बन्धी गलत सूचना फैलाउनेप्रति एक्सन लिन थालेको छ । रुसी संघीय सुरक्षा सेवा र इन्टरनेट वाचडगले २० हजार संक्रमित भएको र रुसी सरकारले यसलाई लुकाएको भन्‍नेलगायतका भाइरल भाइरल पोस्टहरुलाई बन्द गरिएको छ । 

रुसमा पहिलो पटक संक्रमित भएका व्यक्तिले इन्स्टाग्राममा आफूले दोस्रो पटक कोरोना परीक्षण गराउँदा नेगेटिभ देखाएको बताएका थिए । तर, तेस्रो पटक परीक्षण गर्दा पुन: कोरोना पोजेटिभ देखिएको थियो । 

उनले लेखेका छन्," भाइरसको संक्रमण भएको तेस्रो पटकमात्र पुष्टि भएको थियो । उक्त संक्रमण मेरो रगतभन्दा पनि र्‍यालको जाँच गर्दा कोरोना पुष्टि भएको थियो," बेरोभले मार्च ५ मा लेखेका थिए । 

चिकित्सक युनियनकी प्रमुख एलेक्सी नाभाल्नीले भिडियोहरु सार्वजनिक गर्दै सरकारले कोरोना भाइरस संक्रमितहरुको संख्या लुकाइरहेकी दाबी गरेकी छन् । मस्कोस्थित स्वास्थ्य अधिकारीहरुले भने उक्त दाबी गलत भएको बताएका छन् । 

रुसस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. भुज्‍नोभिकले पनि भासियाभाको दाबीप्रति आशंका व्यक्त गरेकी छन् । 

यस आशंकलाई राष्ट्रपति पुटिनेले बुधाबार सरकारले कुनै संक्रमितको संख्या नलुकाएको बताएका थिए । रुसमा यस साता भने दैनिक ३० देखि ५० जना संक्रमितको संख्या बढिरहेको बताइएको थियो । डब्लुएचओको रुसी प्रतिनिधिले रुसले अहिले राम्रो पूर्वसावधानी र नियन्त्रणको पहल गरिरहेको बताए । 

रोसपोट्रेब्‍नाडोरले सार्वजनिक गरेको तथ्यांक अनुसार निगरानीमा रहेकामध्ये ३६ हजार ५४० मानिसका कोरोनाको संक्रमण हुनसक्ने छन् । सरकारले कोरोना नियन्त्रणको प्रयासका लागि सार्वजनिक कार्यक्रमहरु रद्द गरिएका छन् भने अन्य रुसी सीमाहरु पनि बन्द गरेका छन् । - सीएनएन 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  १५:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC