काठमाडौं । विश्वव्यापी कोरोना भाइरसका कारण कलाकारहरू ‘सेल्फ क्यारेन्टाइन’ मा बस्न सुरु गरेका छन् । जसको कारण टेलिभिजमा प्रसारण हुने कार्यक्रम “सक्किगो नि” अनिस्चितकालका लागि बन्द हुन लागेको अर्जुन घिमिरले सामाजिक सजालमार्फत् जानकारी गराएका छन् ।
“कोरोनाको संक्रमणलाई रोक्न सरकारले आह्वान गरेको ‘लक डाउन’ को अनुरोधलाई आत्मसाथ गर्दै अर्को सूचना नआएसम्म हाम्रा नियमित कार्यक्रम हाललाई स्थगित गर्ने र आफू ‘सेल्फ क्यारेन्टाईन’ मा बस्ने निर्णय गरेका छौं ।” उनले नियमित रूपमा प्रशारण भइरहेको हास्य टेलिफिल्म ‘सक्किगो नि’ केही समय स्थगित हुने जानकारी गराउँदै फेसबुकमा लेखेका छन् ।
‘आजको समयमा स्वास्थ नै हाम्रो प्रमुख प्राथमिकतामा रहेको हुँदा हाम्रा सम्पूर्ण आदरणीय दर्शकहरूलाई सुरक्षित र सजग रही धैर्यवान रहनुहुन अनुरोध गर्दै सु–स्वास्थ्यको कामना गर्दछौं ।”
परिस्थिति सामान्य हुनासाथ पुनः नियमित भाग लिएर आउने समेत उनले जानकारी गराएका छन् ।