site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
ब्रिटनी स्पेअर्ससहित हलिउड सेलिब्रेटी फ्यानको सहयोगमा जुटे
Sarbottam CementSarbottam Cement

विश्व नै कोरोनाको महामारीमा चपेटिएका बेला अमेरिकन पप गायिका ब्रिटनी स्पेअर्स सहयोगी भएर आएकी छन् ।

ब्रिटनीले शुक्रबार इन्स्टाग्राममा भिडियो सेयर गर्दै यो महामारीको चपेटामा परिरहेका आफ्ना ३ जना फ्यानलाई आवश्यक सहयोग प्रदान गर्न तयार भएको बताएकी हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

अहिले खाद्यान्नदेखि हरेक कुराको अभाव भइरहेका बेला आफ्ना ३ जना फ्यानलाई अत्यावश्यक कुरा उपलब्ध गराउने बताइन् । 

“विश्व अहिले यस्तो कठिन समयबाट गुज्रिरहेको छ, चाहे खाने कुरा होस् वा तपाईंको बच्चाको डाइपर होस्, मलाई डीएम गर्नुहोस् म तपाईंलाई मद्दत गर्नेछु,” उनले भिडियोमा भनिन् ।

Global Ime bank

ब्रिटनीको यो कार्य अहिले महामारीको चपेटामा सहयोग गर्ने उद्देश्यले सुरु भएको अनलाइन अभियान #DoYourPartChallenge अन्तर्गत पर्छ । जसमा हरेकले आफ्नो तर्फबाट गर्न सक्ने सहयोगका बारेमा जानकारी दिँदै अरु ३ जनालाई पनि नोमिनेट गर्नुपर्नेछ । 

जसअन्तर्गत ब्रिटनीले विल स्मिथ, केट हडसन र प्रेमी साम असगारीलाई नोमिनेट गरेकी छन् ।

ब्रिटनीका साथै जस्टिन टिम्बरलेक, डोनाटेला भिर्साचे र थुपै एनबीए प्लेयर्सले पनि विभिन्न स्कुल, अस्पताल र फुड बैंकलाई आर्थिक सहयोग गरेका छन् । (सिएनएन)
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  १३:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC