site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कैदीबन्दीको संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन 

फाइल तस्बिर 


काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिले कारागारमा रहेका कैदी बन्दीको संख्या घटाउन सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बिहीबारको बैठकले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिएमा कारागारमा जटिल अवस्था आउने भन्दै कैदीबन्दीको संख्या घटाउन निर्देशन दिएको हो । 

समितिले अधिकांश कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेकोले जोखिम उच्च रहेको जनाएको छ । 

समिति सभापति कृष्णभक्त पोखरेलले विदेशमासमेत यस्तो अभ्यास भएको उल्लेख गर्दै गृह मन्त्रालयलाई यसको प्रबन्ध मिलाउन आग्रह गरेको छ । 

उनले भने, "हाम्रा जेलहरुको अवस्था जे छ । अत्यधिक संख्यामा तीन सय क्षमता भएको ठाउँमा आठ-नौ सय विरगञ्‍ज क्षेत्रमा त तेब्बरभन्दा बढी कैदीबन्दी छन् । 

"अब यस्तो परिस्थितिमा हामीले छुटसम्बन्धी हाम्रा केही कानुनि प्रबन्धहरु छ । त्यसलाई प्रयोग गरेर हुन्छ की अथवा समय सन्दर्भमा संशोधन नै गरेर हुन्छ की अब अन्‍य देशहरुमा पनि यो सुरुआत गरिसकेका छन् । ठ्याक्कै यस्तै विधिभन्दा पनि सरकारको यसमाचाहीँ अत्याधिक थुनुवाको संख्या भएको हुँदा यस विपदको घडिमा तत्काल कुनै उपाय अवलम्बन गरी कारागारको अत्याधिक चापलाई घटाउन र कारागारमा हुनसक्ने जोखिमलाई न्यूनिकरण गर्नलाई पनि हामी गृह मन्त्रालयलाई ध्यानाकर्षण गराउँछौं," कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले बताए । 

त्यस्तै समितिले कोरोना भाइरसको परिक्षणका लागि सात वटै प्रदेशमा मडिकल टिम, इक्युपमेन्ट र औषधिको प्रयाप्त व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । देशभरका स्वास्थ्य संस्थामा जनसंख्याको चाप अनुसार कारोना भाइरसको परिक्षणलाई प्रभावकारी बनाउन निर्देशन दिएको हो । 

सभापति कृष्णभक्त पोखरेलले देशभरका स्वास्थ्य संस्थामा जनसंख्याको चाप अनुसार आइसीयू र आइसोलेसन बेडको व्यवस्था मिलाउने विषयमा समितिको ध्यानाकर्षण भएको बताए । 

प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६  १४:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro