site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अर्घाखाँची आगलागीमा एक घर र तीन गोठ जलेर नष्ट
प्रतीकात्मक तस्बिर ।

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–७, पानडाँडामा भएको आगलागीमा परी सोमबार एक घर र तीन गोठ जलेर नष्ट भएका छन् ।

आगलागीमा एक भैँसी, एक पाडो, नौ बाख्रा र ५९ कुखुरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए ।

स्थानीय लोकबहादुर थापाको तीन तले टिनले छाएको घर र गोठ,  रेलबहादुर थापा मगरको टिनले छाएको कच्ची गोठ र तिलकबहादुर रायमाझीको टिनले छाएको कच्ची गोठ र शौचालय पूर्ण रूपमा जलेको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, वन कार्यालयका कर्मचारी, स्थानीय र सन्धिखर्कको दमकलद्वारा आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । रासस

 

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १९:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro