site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पेटभित्रको ‘स्टेन्ट’ निकाल्न प्रधानमन्त्री शिक्षण अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका छन् ।

मिर्गौला प्रत्यारोपणका क्रममा पेटभित्र राखिएको पाइप (स्टेन्ट) निकाल्न अस्पताल पुगेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

“प्रत्यारोपणका क्रममा राखिएको स्टेन्ट निकाल्न आउनुभएको हो । केही बेरमा फर्कनुहुन्छ,” थापाले भने ।

गत फागुन २१ गते दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीको स्वास्थ्य सुध्रँदो क्रममा छ ।  स्वास्थ्यको संवेदनशीलता संक्रमणको जोखिमका कारण केही दिन अस्पतालमै बसेर आराम गर्नुपर्ने भए पनि प्रधानमन्त्रीकै जोडबलमा शुक्रबार डिस्चार्ज गरिएको थियो ।

मिर्गौला प्रत्यारोपितलाई राखिने पाइप (स्टेन्ट) निकालेपछि नियमित काममा फर्कन सहज हुने चिकित्सकले बताएका छन् । 

यद्यपि दुई महिनासम्म संक्रमणको उच्च जोखिम र ६ महिनासम्म बाहिरफेर, सार्वजनिक कार्यक्रममा सरिक हुन, भीडभाडमा जान नमिल्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २, २०७६  १०:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro