site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुक्तिनाथ मन्दिरमा करिब ४८ लाख भेटी संकलन

मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मावलम्बीको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरमा ४७ लाख ९० हजार ९५२ रुपैयाँ चन्दाभेटी संकलन भएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ मा चारपटक मुक्तिनाथमा पाँचवटा भेटी संकलन बाकस राखिएका मुक्तिनाथ विकास समितिले जनाएको छ ।

समितिका सदस्य सचिव एवं मालपोत कार्यालयका प्रमुख सूर्यप्रसाद अर्यालका अनुसार चालु आवमा यहाँको भेटी चारपटकसम्म गणना गरिएको छ । मंसिर ११, चैत १४, चैत १८ र वैशाख ८ गते मुक्तिनाथमा राखिएको भेटी गणना गरिएको हो ।

यसैगरी मुक्तिनाथ विकास समितिको नाममा भक्तजनले रसिद काटेर नगद दान गरेको रकम गत वर्षको असारमा करिब ८६ लाख र चालु आवमा करिब ५० लाख समिति कोषमा जम्मा भएको मुक्तिनाथ विकास समितिका चन्दा संकलक रविन सुवेदीले जानकारी दिए ।

मन्दिरमा जम्मा हुने भेटी रकममध्ये भारतीय र अन्य विदेशी मुद्रा सटही र व्यवस्थापनमा समस्या पर्ने गरेको सदस्य सचिव अर्यालले जानकारी दिए । यस्तो रकम समितिको नाममा रहेको बैंकमा जम्मा गर्न अप्ठेरो भएकाले निकै ठूलो विदेशी मुद्रा जिल्ला प्रहरी कार्यालय मुस्ताङमा व्यवस्थापन गरिएको उनले बताए ।

मुक्तिनाथ विकास समितिले गत आव २०८०/०८१ मा लेखा परीक्षण गराउँदा समितिको कोषमा नौ करोड ११ लाख रकम मौज्दात रहेको जनाइएको छ । यहाँ अनौपचारिक रूपमा समिति गठन भएको धेरै वर्ष भए पनि औपचारिक रूपमा प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने गरी विसं २०६४ मा गठन भएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  २३:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro