site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मन्त्री नै टेर्दैनन् ‘मिनी संसद’ लाई ! पटक–पटक बेवास्ता 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । कहिले प्रधानमन्त्रीले त कहिले मन्त्रीले । त्यतिले मात्रै होइन संवैधानिकदेखि विभिन्न निकायका पदाधिकारीलाई संसदीय समितिले छलफलका लागि बोलाउने गरेको भए पनि समितिलाई बेवास्ता गर्न थालेको पाइएको छ ।

सकेसम्म पहिले समय मिलाउनै समस्या हुने, मिलाइहाले पनि पछि नआइदिने समस्यामा संसदीय समितिहरु परेका छन् ।

अघिल्लो साता संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बोलाइएका रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापा उपस्थित नभएको भन्दै सांसदहरुले समेत आलोचना गरे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

समितिमा सांसदहरुले पर्खिए पनि अन्तिम समयमा उनीहरु उपस्थित नभएपछि समितिको बैठक स्थगित गर्नुपरेको थियो ।

मन्त्री र सरकार मातहतकै कुनै निकायको प्रमुखले संसदीय समितिलाई अटेर गरेको यो पछिल्लो घटना हो । 

Royal Enfield Island Ad

यसअघि पनि पटक पटक ‘मिनि संसद’ मानिने संसदीय समितिलाई सरकारका मन्त्री र राज्यकै अंगका प्रमुखहरुले अटेर गर्दै आएका छन् । जुन संसदीय व्यवस्थामा अशोभनीय भएको बताउँछन् पूर्वसभामुख तारानाथ रानाभाट । 
“संसदीय व्यवस्थामा सरकार र सरकारी निकायमा रहनेहरु जनताप्रति जवाफदेही हुनुपर्छ,” उनी भन्छन्, “जिम्मेवारीमा प्रश्न उठ्दा जनताका प्रतिनिधिहरुको सार्वभौम थलो संसदले प्रश्न उठाउन सक्छ । सरकार र जिम्मेवार निकायमाथि प्रश्न उठ्दा सो बारे बुझ्ने, आवश्यक पर्दा छानविन गर्ने, निर्देशन दिने अधिकार संसदले राख्दछ ।” 

नजान मिल्दैन, सार्न सकिन्छ 

पूर्वसभामुख रानाभाट संसदको समितिले बोलाएपछि अटेरी गर्न नमिल्ने बताउँछन् । संसदीय समिति संसदकै सानो स्वरुप भएकाले समितिले बोलाएपछि प्रधानमन्त्री, मन्त्री, कर्मचारी जो भएपनि उपस्थित हुनुपर्छ । 

“संसदीय समिति भनेको पनि संसदकै सानो स्वरुप हो । संसदले बोलाएपछि मन्त्री, प्रधानमन्त्री, कर्मचारी अनिवार्य उपस्थित हुनैपर्छ । यदि त्यहाँ जाने परिस्थिति छैन भने सूचना गरेर अर्को दिनको मितिका लागि अनुरोध गर्नैपर्छ,” उनले भने ।

गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा संसदका विभिन्न समितिमा उपस्थित भएको उनले स्मरण गरे । 

समितिलाई अटेर गर्न नमिल्ने उनी बताउँछन् । “संसदकै सदस्य रहेका मन्त्री, राज्यका अंगको प्रमुख भएका, कर्मचारीहरु अनविज्ञ होलान् भनेर मान्न सकिँदैन । समितिमा नजानु त अवहेलनानै हो,” उनी भन्छन् “संसदीय परम्परा, मूल्यमान्यता, नियम, कानुनको विपरीत हो । संसद र संसदको समितिले बोलाउँदा नजानु जुनसुकै दृष्टिकोणले पनि अशोभनिय काम हो ।” 

समितिले बोलाउँदा कुनै विशेष कारणले सो मितिमा जान नसक्ने परिस्थितिमा पनि संसदलाई जानकारी गराउनुपर्ने र अर्को मितिका लागि आग्रह गर्ने संसदीय परम्परा र मान्यता रहेको उनले बताए । 

संसदको मर्यादामा प्रहार 

सांसदहरुको बुझाइमा संसदीय समितिलाई अटेर गर्नु संसदको मर्यादामाथिकै प्रहार हो । 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद कृष्णगोपाल श्रेष्ठ संसदीय समितिको आफ्नै गरिमा र सम्मान हुने बताउँछन् । समितिले बोलाएका सम्बन्धित मन्त्रालय र संस्थाले पनि समितिको सम्मान गर्नुपर्ने उनी बताउँछन् ।  

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमरेश सिंह समिति पनि संसदनै भएको बताउँछन् । “समिति भनेको मिनी संसद हो । जसरी मन्त्री नै नआइकन संसद चल्दैन, त्यस्तै मन्त्री नै नआइकन संसद चल्दैन,” समितिलाई अटेर गर्नेहरुतर्फ इंगित गर्दै उनी भन्छन्, “यो समितिको मर्यादामाथिको प्रहार हो । यो समितिको कार्यक्षेत्र, कार्यतालिकामाथि, व्यवस्थापिकामाथि प्रहार हो ।”

क्षेत्राधिकार पनि मिच्छ समिति !

–  ०७५ मंसिर १० गते राज्य व्यवस्था तथा सुशासन समितिले निर्माणाधिन काठमाडौं–निजगढ दु्रत मार्ग (फाष्टट्राक)निर्माण कार्यबारे छलफल गर्दा समितिनै विभाजित भयो । बुङ्मतिका प्रभावित स्थानीय नागरिकलाई समितिमा बोलाइएपछि क्षेत्राधिकार बाहिरको भन्दै समितिकै सदस्य अमरेश सिंहले आपत्ति जनाए । राष्ट्रिय गौरवको आयोजना भएकाले फास्टट्रयाक संसदको विकास तथा प्रविधि समितिको क्षेत्राधिकार भित्र पर्छ । तर, सेना जोडिएकाले राज्य व्यवस्थाले हेर्न सक्ने कतिपय सांसदको तर्क थियो ।   

–  ०७४ वैशाख दोस्रोे साता संसदद्को लेखा समितिले एनसेलले पुँजीगत लाभकर चुक्ता नगरेसम्म फोरजी सेवा नदिन निर्देशन दियो । तर, संसदकै अर्को विकास समितिले सो विपरित फोरजीको अनुमति दिन निर्देशन दियो । त्यसअघि अर्थ समितिले पनि पुँजीगत लाभकर नतिरेसम्म एनसेललाई फोरजी सेवा नदिन निर्देशन दिएको थियो । एउटै विषयमा संसदको ३ वटा समिति सक्रिय हुँदा कसको क्षेत्राधिकार हो ? भन्नेमा अन्योल देखिएको थियो । 

प्रतिनिधिसभाका समितिमा क्षेत्राधिकारको विषयलाई लिएर विवाद भएका केही प्रतिनधि घटना मात्र हुन् यी । संसदीय समितिबीच क्षेत्राधिकारको विवाद भएका विषय पनि थुप्रै छन् ।

के यसैको असर होला त समितिप्रतिको बेवास्ता ? पूर्वसभामुख रानाभाट भन्छन्–समितिले क्षेत्राधिकार बाहिर गएर समितिमा उपस्थित हुन भनेमा पनि अटेर गर्न मिल्दैन । उपस्थित भएर जानकारी गराउन सकिन्छ या लिखित रुपमा नै जानकारी गराउन सकिन्छ ।”

“मैले सूचना पाएँ । तपाईंको क्षेत्राधिकारभन्दा बाहिरको सूचना पठाउनुभयो जस्तो लाग्यो । त्यसैले म आफू सरोकार नभएको वा बोलाएको विषयका लागि उपस्थित हुनुपर्ने अधिकारी म नभएकाले म समितिमा आउन उपयुक्त ठान्दिनँ र बाध्य पनि हुँदैन कि भनेर नम्रताका साथ भन्नुपर्छ,” रानाभाट भन्छन, “तर, समितिले जे पनि गर्छ, बोलाउनु नपर्ने ठाउँमा पनि बोलाउँछन् भनेर अटेर गर्न मिल्दैन । प्रक्रियाबाटै सम्मानजनक रुपमा त्यसलाई नमान्न सकिन्छ ।”


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६  १३:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro