site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सुप प्रदेशसभा : प्रज्ञा प्रतिष्ठान विधेयक दफावार छलफल गर्न स्वीकृत
Sarbottam CementSarbottam Cement

धनगढी । सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक- २०७६’ लाई दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रदेशसभाको आइतबारको बैठकले ‘प्रदेश खेलकूद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक- २०७६’ लाई पनि दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले छुट्टाछुट्टैरूपमा यी विधेयकको दफावार छलफलका लागि प्रदेशसभाको सामाजिक विकास समितिमा पठाइयोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि दुवै विधेकमाथि छुट्टाछुट्टैरूपमा भएको छलफलमा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सदस्य दीर्घबहादुर सोडारी, पूर्ण जोशी, अक्कलबहादुर रावल, लीलाधर भट्ट, शान्ति नेपाली, प्रतिपक्षी नेपाली काँग्रेसका भरतबहादुर खड्का, कर्णबहादुर मल्ल, राष्ट्रिय जनता पार्टीका मालामतिदेवी रानाथारु र कृष्णबहादुर चौधरीले भाग लिएका थिए । 

सामाजिक विकासमन्त्री सुवेदीले छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए । बैठक प्रारम्भ हुनासाथ ढ्यापढ्यापे समय लिएर सत्तापक्षका दुर्गाकुमारी कामीले शनिबार राति अछामको तुर्माखात क्षेत्रमा परेको चट्याङले एक जनाको मृत्यु र दुई जना गम्भीर घाइते भएको जानकारी दिँदै मृतकप्रति श्रद्धाञ्जलि र घाइतेको स्वास्थ्योपचारको व्यवस्था मिलाउन ध्यानाकर्षण गराए । 

Global Ime bank

उनले अछामको पञ्चदेवलका कैदी जितेन्द्र विक कारागारभित्रै मृत फेला परेको घटना र विनायक नगरपालिकाकाका वडाध्यक्षको हत्या घटनाले प्रहरी प्रशासन निरीह देखिएको भन्दै ध्यानाकर्षण गराएका हुन् । प्रदेशसभाको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगन गरिएको छ । - रासस
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  २०:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC