site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘सेक्युरिटी प्रिन्टिङ प्रकरणमा गम्भीर छानबिन आवश्यक’
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सेक्युरिटी प्रिन्टिङ प्रकरणमा गम्भीर छानबिन हुनुपर्ने बताएका छन् ।

रिपोर्टस क्लबमा भएको साक्षत्कारमा डा. महतले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई माथिबाटै संरक्षण र निर्देशन भएको बताउँदै यो विषयमा गम्भीर छानबिन हुनुपर्ने बताएका हुन् । उनले यो विषयमा प्रधानमन्त्रीले समेत जवाफ दिनुपर्ने बताए । ‘हामीले या प्रकरणमा विरोध गरिरहेका छौं ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्रीले यो प्रकरणमा मात्रै होइन, सबै भ्रष्टाचारका काण्डबारे संसदमा जवाफ दिनुपर्छ । सबै काण्डमा निष्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ’, उनले भने ।

महतले एमसीसीका विषयमा नभएको कुरा फैलाइएको भन्दै दुःख व्यक्त गरे । नेपालको विकासमा ठूलो रकम पहिलो पटक अनुदानमा आएको उल्लेख गर्दै महतले यसमा कुनै अमेरिकी सैन्य गठबन्धनको कुरा नभएको प्रष्ट पारे ।

Global Ime bank

एमसीसीमा नेपाल मात्रै नभएर अन्य धेरै देशहरु संलग्न रहेको भन्दै महतले सन् २०१७ मा सम्झौता भएको भए पनि सन् २०२० मा आएर राष्ट्रघाती देख्नेहरुले तीन वर्ष के हेरेर बस्नुभयो ? भनेर प्रश्न समेत उनले गरे ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले एमसीसी पारित गर्नुपर्ने अडान राख्दै आएको छ । भने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरुले यसमा आवश्यक संशोधन गरी पारित गर्नुपर्ने बताउँदै आएका छन् ।

नेकपाको केन्द्रीय समितिले एमसीसीका विषयमा अध्ययन गर्न कार्यदल नै बनाएको थियो । कार्यदलले शुक्रबार मात्रै सुझावसहित पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ । नेकपाको सचिवालयमा छलफल गरी पारित गर्ने विषयमा निर्णय हुने नेकपाले बताएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC