site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
छाया मन्त्रीमण्डलको पहिलो बैठक : के भयो निर्णय ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको छाया मन्त्रीमण्डलको पहिलो बैठक बसेको छ । गत जेठमा गठन भएको मन्त्रीमण्डलको बैठक आइतबार बसेको हो । वर्तमान घटनाक्रम र भइरहेका प्रगतिका विषयमा समीक्षा गर्न बैठक बसेको नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बताए । 

निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा मात्रै नभएर अन्य मन्त्रालयमा नीतिगत भ्रष्टाचारहरू भएका कुराहरू बाहिर आएकाले अन्य मन्त्रालयहरूको पनि अध्ययन गर्न सम्बन्धित मन्त्रालय हेर्ने छाया मन्त्रीहरूलाई निर्देशन दिइएको उनले बताए । “जसले जुन मन्त्रालय हेर्नुभएको छ । त्यसलाई गहिरिएर अध्ययन गर्नुपर्ने र त्यहाँ भएका काण्डहरू रोक्न र जनता समक्ष लिएर आउनलाई अझ गहिरो अध्ययन गरी प्रतिवेदन बुझाउन पनि निर्देशन दिइएको छ,” पाण्डेले भने । मन्त्रालयहरूमा हुने नीतिगत भ्रष्टाचारका विषयमा प्रधानमन्त्रीसमेत जानकार रहेको विषयमा भिन्न रूपमा छानबिन गर्ने पनि निर्णय भएको उनको भनाइ थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

पाण्डेले संसदमा भएका अन्य दलहरूसँग १३ गते बस्ने संसद बैठकलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल हुने पनि बताए । बाँस्कोटा प्रकरण र अन्य भ्रष्टाचारका विषयहरूलाई सरकारबाहिर रहेका दलहरूले सामूहिक रूपमा अगाडि बढाउने विषयमा छलफल गर्न सोमबार बैठक डाकिएको उनको भनाइ थियो ।

गत जेठमा गठन भएको कांग्रेसको छाया सरकारको बैठक पहिलोपटक आइतबार बसेको हो । प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले अध्यक्षता गरेको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा समीक्षागत छलफल भएको हो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १४:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC