राजनीति
काठमाडौं । राष्ट्रियसभा सदस्य प्रकाश पन्थले संवैधानिक आयोग र विश्वविद्यालय किन रिक्त राखेको भन्दै प्रश्न गरेका छन् । राष्ट्रियसभाको बैठकको शून्य समयमा मंगलबार उनले आधा दर्जन बढी विश्वविद्यालय पदाधिकारी र नेतृत्वविहीन रहेको बताए । यस्तै संवैधानिक आयोगहरु पनि रिक्त रहेको उनले बताए ।
उनले बौद्धिक र प्राज्ञिक समुदायले सरकारलाई अप्ठ्यारो पारेकाले रिक्त राखिएको त होइन भन्दै आशंका पनि व्यक्त गरे ।
“संवैधानिक आयोग र विश्वविद्यालयलाई किन रिक्त राखिएको हो ? बौद्धिक र प्राज्ञिक समुदायले साँच्चै नै सरकारलाई अप्ठ्यारै पारेको हो कि के हो ? यिनीहरुले कहिले नेतृत्व पाउँछन् ?” उनले भने ।
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६ १७:१५
प्रतिक्रिया दिनुहोस्