site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘कम्युनिष्टले जितेको खपिसक्नु भएको छैन’
Sarbottam CementSarbottam Cement

दार्चुला । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा रक्षामन्त्री ईश्वर पोखरेलले कम्युनिष्ट पार्टीले जितेको खपिसक्नु नभएको बताएका छन् ।

उनले विपक्षी दल नेपाली कांग्रेसप्रति इंगित गर्दै यस्तो बताएका हुन् ।

दार्चुला पुगेका रक्षामन्त्री पोखरेलले विपक्षलाई जवाफ दिन जनताको विश्वास जित्नेबाहेक अर्को कुनै विकल्प नभएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“कम्युनिष्ट विरोधीले सरापे पनि देश अघि बढ्छ,” उनले भने, “पार्टी एकढिक्का हुनुको विकल्प छैन । हिजोका कुरा बिर्सिदिनुस्, को कहाँ हुनुहुन्थ्यो । हिजोको कुराले शिक्षा र अनुभव दिन्छ । अरु केही दिँदैन । योग्यता, क्षमताको आधारमा जिम्मेवारी दिनुपर्छ ।”

उनले भारतसँग आँखा जुधाएर कुरा गर्ने पनि बताए ।

Global Ime bank

“हामीले आँखा जुधाएर कुरा गर्छौं,” उनले भने, “सन् १८१६ पछि पहिलोपटक सीमा मिचिएकोबारे कूटनीतिक नोट पठाएका छौं । अब यही आधारमा तथ्य देखाएर भारतसँग आँखा जुधाएर कुरा गर्छौं । नेपालको भूमि कसरी मिचियो, तथ्य देखाएर कुरा गर्छौं ।”

उनले केपी शर्मा ओली नेतृत्वको सरकारले नै वृद्धभत्ता पाँचहजार पुर्‍याउने प्रतिवद्धता व्यक्त गरे ।

उनले हिजोको दिनमा के खाएर उद्योग बेचिएको भन्दै प्रश्न पनि गरे ।

“रुन पाइँदैन भनेर डराउनुपर्दैन,” उनले भने, “हामी अधिनायकवादमा विश्वास गर्दैनौं । हामी कुनै पनि किसिमको अधिनायकवादमा विश्वास गर्दैनौं ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  ११:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय