site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मेगालाई दोहा बैंकको २ अर्ब 
Sarbottam CementSarbottam Cement

काठमाडौं । मेगा बैंक नेपालले दोहा बैंकबाट २ अर्ब रुपैयाँभन्दा बढी व्यावसायिक ऋण नेपाल भित्र्याउने भएको छ । मेगा बैंकले कतारको दोहा बैंकबाट २ करोड अमेरिकी डलर (करिब २ अर्ब २५ करोड रुपैयाँ) भित्र्याउन लागेको हो ।

मेगा बैंककी सीईओ अनुपमा खुञ्जेली र दोहा बैंकका नेपालस्थित कार्यालयका प्रमुख सुरजविक्रम शाहीबीच व्यावसायिक ऋणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दोहा बैंकले नेपालको बैंकमा लगानी गरेको यो पहिलोपटक हो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल राष्ट्र बैंकको स्वीकृति लगत्तै मेगा बैंकले यो रकम नेपालमा भित्र्याउनेछ । कुल प्राथमिक पुँजीको शतप्रतिशत रकम विदेशबाट व्यावसायिक ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने नेपाल राष्ट्र बैंकको व्यवस्थापछि मेगा बैंकले दोहा बैंकबाट रकम ल्याउने प्रक्रिया थालेको थियो । 

नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्यपुँजी (तरलता) अभावको समस्यालाई समेत मध्यनजर राख्दै दोहा बैंकबाट रकम भित्र्याउन लागेको मेगा बैंकले जनाएको छ । योसँगै बजारमा तरलताको अभाव अन्त्य भई सरल रुपमा कर्जा प्रवाह हुने र व्यावसायिक लगानीकर्ताहरुलाई राहत मिल्ने बैंकको विश्वास छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६  १८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC