site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘साइकल सिटी’ बन्दै ललितपुर महानगर
SkywellSkywell

काठमाडौं । देशमा रेलको चर्चा चलिरहँदा ललितपुर महानगरपालिकाले भने साइकल सिटीको काम धमाधम अगाडि बढाउँदै छ । केही महिनाअगाडि सुरु भएको साइकल लेन अहिले कुपन्डोलदेखि पुल्चोकसम्मको सडकको दुवैतर्फ बनिसकेको छ । साइकल लेन उद्घाटन गर्न महानगर प्रमुख चिरिबाबु महर्जन आफ्नो पुरानो साइकल लिएर पुगेका थिए ।

नेपाल साइकल सोसाइटीका अध्यक्ष रत्नराम श्रेष्ठ लामो समयदेखि काठमाडौं उपत्यकालाई नै साइकलमैत्री बनाउनुपर्छ भनेर लागेका छन् । सोसाइटीकै नेतृत्वमै महानगरपालिकाले साइकल लेन बनाउन थालेको हो । “ललितपुर महानगरपालिकाको साइकलमैत्री सहरका लागि गरेको यो अग्रसरताले निकै नै खुसी छु,” उनले भने, “ललितपुरमा जस्तै देशका अन्य सहरहरू पनि साइकलमैत्री बनाउन स्थानीय निकायअघि सर्नुपर्छ ।”

नेपाल साइकल सोसाइटीका अध्यक्ष तथा साइकल अभियन्ता रत्नराम श्रेष्ठ । तस्बिर : बाह्रखरी

पहिलो चरणमा पुल्चोकदेखि कुपन्डोलसम्म दुवैतर्फ साइकल लेनको काम भइसकेको छ । साइकल लेन दुई प्रकारको हुन्छ एउटा ‘सेयररिङ’ र अर्को ‘डेडिकेटेड’ । सेयररिङ साइकल लेनमा अन्य सवारी गुड्न पाउछ भने डेडिकेटेडमा अन्य सवारीसाधन गुड्न पाउँदैन । ‘प्रायः फराकिलो सडक भएका ठाउँमा डेडिकेटेड साइकल लेन बनाएको छौं,” श्रेष्ठ भन्छन्, “सवारीसाधनको चाप धेरै भएको र बाटो साँघुरो भएको ठाउँमा भने  सेयररिङ लेन अझै केही ठाउँमा बनाउँदै छौं ।”

KFC Island Ad
NIC Asia

पुल्चोकदेखि लगनखेल, टंगाल हुँदै मंगलबजार जाने बाटोमा पनि चाँडै साइकल लेन बन्दै छ । त्यस्तै पुल्चोकबाट गःबहाल हुँदै मंगलबजारसम्म जाने सडकमा पनि बन्दै छ । यी अहिले बन्दै गरेका बाटोहरूभन्दा बाहिर पनि साइकल लेन बन्दै गरेको उनले बताए । श्रेष्ठका अनुसार भैंसेपाटीबाट एकान्तकुना हुँदै पुल्चोक आउने बाटोमा पनि साइकल लेनको काम हुँदै छ ।

साइकल किन चढ्ने ?
उपत्यकाको एउटा समस्या भनेको यहाँको सडक नै हो । त्यसैले अव्यवस्थित पार्किङ र साँघुरो सडकै कारण चाहेका समयमा गन्तव्यमा पुग्न सकिँदैन । अर्को समस्या भनेको वातावारण प्रदूषण हो । “यी दुवै समाधान साइकलले नै दिन्छ,” रत्नराम भन्छन्, “उपत्यका बासिन्दाले साइकल चढ्ने हो भने यो प्रदूषणको समस्या बिस्तारै समाधान हुँदै जान्छ ।” 

Royal Enfield Island Ad

उनका अनुसार ५–७ किमिको गन्तव्यमा पुग्न साइकल यात्रा अति उत्तम हो । “यति दूरी त साइकल चलाउँदा मानिस र सहर दुवैको स्वस्थ्यलाई पनि फाइदा भयो,” उनी भन्छन्, “अहिले घरबाट अफिस जान भनेरै २–३ लाखको मोटरसाइकल किनिएका छन् । तिनैले साइकल किने २० देखि ४० हजार रुपैयाँसम्ममा राम्रै पाउन सक्छन् । त्यसैले साइकल चढ्यो भने पैसा पनि त बच्यो ।’ 

धमाधम साइकल स्ट्यान्ड बन्दै
उपत्यकाका बासिन्दाले साइकल नचलाउनुको एउटा समस्या चोरी हुनु पनि हो । राम्रो लगानी गरी साइकल त किनिन्छ तर ठाउँठाउँमा स्ट्यान्ड नहुँदा पनि चोरीको समस्या उस्तै छ । चोरीको समस्या समाधानका लागि ठाउँठाउँमा साइकल स्ट्यान्ड बनाउनु नै हो ।  

यता ललितपुर  महानगरले साइकल लेनसँगै सुरक्षाका लागि काम पनि थालेको  छ । गत वर्षको बजेटमा सयवटा साइकल पार्क गर्न सकिने साइकल स्ट्यान्ड बनाउन थालेको महानगरले जनाएको  छ । महानगरका अनुसार आफ्नै कार्यालय, पाटन अस्पताल, जावलाखेललगायत ६ स्थानमा ६१ वटा साइकल पार्क गर्ने  स्ट्यान्ड बनिसकेको छ । अन्य केही ठाउँमा पनि बनिरहेको छ ।

“अब महानगरपालिकाभित्रका कार्यालयहरूले पनि समेत साइकल पार्किङका लागि स्ट्यान्ड बनाउनुपर्ने नियम ल्याउदै छ,” ललितपुर महानगर प्रमुख महर्जनले साइकल लेन उद्घाटन गर्दै भनेका थिए ।

साइकल सिटी बनाउँदाका समस्या 
अहिले उपत्यकाका धेरै सडक महानगरको क्षेत्राधिकार भित्र पर्दैन । ललितपुरमा बन्दै गरेको साइकल लेन संघीय सरकारले भन्दा पनि स्थानीय सरकारको पहलमा यस्ता लेन बन्न लागेका हुन् । ती बाटोहरू भविष्यमा स्थानीय सरकारको अधिकार आइसकेपछि मात्रै स्थानीय सरकारले आफ्नो नीति बनाएर अगाडि बढ्न सक्ने श्रेष्ठको बुझाइ छ ।

बाटोको चौडाइ हेरेर र साइकलयात्रीलाई कठिन हुने ठाउँ जस्तै हिमालयन होटलअगाडिको बाटोमा डेडिकेटेड लेन बनिसकेको छ । डेडिकेटेड लेनबारे यात्रु र चालकलाई बुझाउन ठाउँठाउँमा डिभाइडर कोन राख्न ट्राफिक प्रहरी प्रभाग ललितपुरसँग समन्वय गरे पनि नभएको श्रेष्ठको गुनासो छ । बरु सहयोग गर्नुको साटो महांनगरीय प्रहरी महाशाखामा कुरा गर्न सुझाव पाइएको सोसाइटीका सचिव रुविन महर्जनले बाह्रखरीसँग भने । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६  १३:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro