site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुरु भयो सिकलसेलको निःशुल्क भ्याक्सिन वितरण प्रक्रिया

काठमाडौं । थारू समुदायमा प्रमुख स्वास्थ्य समस्याका रूपमा देखिएको सिकलसेल एनिमिया तथा थालसिमियाका बिरामीका लागि निःशुल्क भ्याक्सिन वितरण प्रक्रिया सुरु भएको छ । भारत सरकारबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भ्याक्सिन प्राप्त गरेसँगै वितरणको प्रक्रिया थालिएको स्वास्थ्यमन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ ।

मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मन्त्री पौडेललाई भ्याक्सिन सहयोग हस्तान्तरण गरेका छन् । भारतले चार लाख डलर मूल्य बराबरको भ्याक्सिन उपलब्ध गराएको छ ।

अब सिकलसेल एनिमिया तथा थालसिमिया प्रभावित क्षेत्रका सरकारी अस्पतालमार्फत भ्याक्सिन वितरण गरिने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले थारू समुदाय बहुल बसोबास रहेको बाँके, बर्दिया, कैलाली र दाङका बिरामीलाई भ्याक्सिन वितरण गर्ने तयारी गरेको छ ।

भेरी अस्पताल, सेती प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै टीकापुर अस्पताललगायत संघीय, प्रदेश तथा पालिकास्तरका अस्पतालमा समेत बिरामीका लागि उपलब्ध गराउने गरी तयारी गरिएको प्रवक्ता बुढाथोकीले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १३:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro