देश

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपद्बाट हुने जोखिम न्यूनीकरणका लागि सरकार तयारी अवस्थामा रहेको बताएका छन् ।
गोरखा भूकम्पको सम्झनामा शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा प्राकृतिक विपद् जुनसुकै बेला आउनसक्ने भएकाले जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहनुपर्ने बताए ।
मन्त्री लेखकले भूकम्पको पूर्वानुमान गर्न नसकिने भन्दै जुनसुकै बेला भूकम्प आउनसक्छ भन्ने मानसिकता बनाएर त्यसबाट जोगिन तयारी गर्नुपर्ने बताए ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर क्षेत्रमा ०७२ सालको भूकम्पले क्षति पुर्याएका सम्पदाको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२ १२:०८
प्रतिक्रिया दिनुहोस्