सुनचाँदीकै मूल्य स्थिर

सुनचाँदीकै मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य शुक्रबार स्थिर रहेको छ । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउ बढे पनि शुक्रबार भने स्थिर रह्यो । 

छापावाल सुन शुक्रबार पनि प्रतितोला ७६ हजार रुपैयाँमै कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन पनि अघिल्लै दिनको मूल्य प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

सुनको मूल्य स्थिर रहेसँगै चाँदी पनि प्रतितोला ८ सय ८० रुपैयाँमै स्थिर छ ।
 

प्रतिकृया दिनुहोस
ad