site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘तपाईंहरु व्यापार गर्नुस्, पाम आयलको चिन्ता अर्थमन्त्रीको’
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योगी व्यवसायीलाई न्यूनतम ३ वर्षसम्म बैकको ब्याजदर नबढ्ने निश्चित आधार तयार बनाउने बताएका छन् । यसको लागि काम अघि बढिसकेको भन्दै उनले यस विषयमा बैकहरूसँग छलफल भइसकेको पनि दाबी गरे ।

नेपाल समुन्द्रपार निकासी पैठारी संघको ४० औं वार्षिक साधारणसभामा मन्त्री खतिवडाले पछिल्लो समय ब्याजदर स्थीर रहेको र आधार दर पनि घटेको बताए । व्यापारमा विकृती ल्याएर व्यवसायी र सरकार चल्न नसक्ने दाबी गर्दै उनले छिट्टै राजस्व बोर्ड गठन हुने जानकारी गराए ।

राजस्व बोर्ड गठनमा लागि मन्त्रिपरिषद्बाट स्वीकृती भइसकेको बताउँदै उनले यसै बोर्डबाट राजस्व सम्बन्धि सबै समस्या हल हुने विश्वास दिलाए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले सरकारकै योजना अनुसार आयात घटेको पनि बताए । स्वदेशी केही वस्तुलाई प्रोत्साहन गर्दा आयात घटेको उनको भनाई छ । उनले भने, “हाम्रै कारणले आयता घटेको हो, यसमा व्यवसायीले चिन्ता नगर्नुहोस्, चिन्ता अर्थमन्त्रीले लिन्छ, तपाईहरू व्यापार गर्नुहोस् ।“ उनले पाम आयल निर्यातका लागि उच्चस्तरीय वार्ताको तयारी भारतसँग भईरहेको पनि उनले बताए ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आयातलाई निरूत्साहित गर्न नहुने बताए । “आयातलाई निरूत्साहित गर्दा त्यसको असर मूल्यवृद्धिमा पार्छ । त्यसैले निर्यात बढाऔ, आयातमा कडाई नगरौं,” उनले भने ।

Global Ime bank

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले पाम आयलको निर्यात गर्ने वातावरण बनाउन ढिलाई नगर्न आग्रह गरे । यसैगरी चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले डुइङ कस्ट बढिरहेको भन्दै त्यो घटाउनतर्फ पहल गर्न आग्रह गरे । संघका अध्यक्ष हिमबहादुर रावलले निर्यात बढाउने खालका नीति बनाउन आग्रह गरे ।

अध्यक्षमा वंशल

यसैबीच नेपाल समुन्द्रपार निकासी पैठारी संघको अध्यक्षमा सुनिल कुमार वंशल चुनिएका छन् । संघको ४०औं वार्षिक साधारण सभाले वंशलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको कार्यसमिति सदस्यहरूमा अनिलकुमार अग्रवाल, अमित मोर, आकाश गोल्छा, कुमार कार्की, खगेन्द्र सिटौला, गौरव सारडा, जयन्तकुमार अग्रवाल, दिनेशकुमार चोखानी, पवन कुमार अग्रवाल रहेका छन् । यस्तै प्रदिप राज गाढिया, प्रभातकुमार सरार्फ, विनोद सेठिया, विष्णुकुमार जोशी, मदन मित्तल, रतनलाल केडिया, रमेशकुमार थापा, रामचन्द्र खेतान, संजय अग्रवाल, सुशील गुप्ता र शिवकुमार अग्रवाल रहेका छन् ।

साधारण सभाले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । अब नयाँ कार्य समितिले पदाधिकारी चयन गर्ने छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  १८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC