site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
उद्यमी समृद्ध नभए देश पनि समृद्ध हुँदैन : दुगड
Sarbottam CementSarbottam Cement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले उद्यमी व्यवसायीहरू समृद्ध नभएसम्म देश समृद्ध हुन नसक्ने बताएका छन् ।

‘नेपाली उत्पादनहरूको विक्री तथा निर्यात र महिला उद्यमीहरूका अवसर र चुनौती’ विषयमा काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा उनले उद्यमीहरू आफ्नो कामबाट सन्तुष्ट नभएसम्म समृद्धि पनि नआउने बताए ।  ‘‘उद्यमी व्यवसायीहरू जबसम्म समृद्ध हुन सक्दैनन्, जबसम्म उनीहरू सुखी हुँदैनन्, उनीहरूलाई आफ्नो कामप्रति सन्तोष हुँदैन, तबसम्म यो देश समृद्ध हुन सक्दैन,’’ उनले भने, ‘‘सबैभन्दा पहिला महिलाहरू समृद्ध हुनुप¥यो देशका उद्यमी व्यवसायीहरू समृद्ध हुनुप¥यो अनि मात्रै देश समृद्ध हुन्छ ।’ उनले आफू उद्यमीसमेत भएकाले उद्यमी व्यवसायीहरूको सबै समस्याको अन्त्य गर्न काम गरिरहेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसका लागि मन्त्रालयमा एकद्वार प्रणालीमार्फत काम भइरहेको उनको भनाइ छ । मन्त्री दुगडले उद्यमीलाई सबै समस्या मन्त्रालयमा आएर बताउन आग्रहसमेत गरे । उनले महिला उद्यमीहरूका लागि छुट्टै व्यवास्था गरी सहयोग गर्न मन्त्रालयले योजना बनाइरहेको जानकारीसमेत दिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सानो–सानो कृषि गरी देश समृद्ध हुन नसक्ने बताए । उनले भने, ‘‘पाँचवटा बाख्रा पालेर मुलुकको समृद्धि हुनेवाला छैन, २ वटा भैंसी पालेर मुलुकको समृद्धि हुने छैन ।’ उनले उद्यमी व्यवसायीहरूले कृषिमा लगानी गर्ने भन्दै सरकारी अनुदानको कर्जा तथा पुनर्कर्जा लगेर खेत किन्ने केही समय धान लगाउने र ५–१० वर्षमा डबलमा बिक्री गर्ने प्रवृत्तिले पनि देश समृद्ध हुन नसकेको बताए । 

Global Ime bank

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले सरकारले महिलाहरूलाई सहज कर्जा उपलब्ध गराउने नीति लिए पनि बैंकहरूले कर्जा नदिएको बताए । उनले महासंघले महिलाहरूलाई सहज होस् भन्ने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरेको तर ४० वटा फाइल बुझाएको ४ महिना हुँदासमेत कर्जा नदिएको बताए 

कार्यक्रममा महिलाहरूको उद्यमशीलता विकासमा सरकारले अझ बढी कार्यक्रमहरू ल्याउनुपर्नेमा जोड दिइएको थियो । त्यस्तै बैंकहरूबाट सहज रूपमा कर्जा उपलब्ध गराउनेदेखि बजारीकरणमा मन्त्रालयले सहयोग गर्नुपर्नेमा उद्यमीहरूले जोड दिएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  १४:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC