site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
म मेरो देशसँगै छु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

वर्षौं भयो, हो म परदेशमा छु
आमाको न्यानो काख बाहिर
बिनाको सुगन्ध खोज्दै
भौंतारिइरहेको कस्तुरी मृग बनी
धेरै टाढा
पाताल प्रवासमा छु
तथापि, लाग्छ मलाई
म मेरो देशसँगै छु ।
यो सीमारेखा बाहिर पनि
प्रियजन र स्वजन भेटेको छु
सान्निध्य उही छ
माया मोह र सद्भाव उस्तै छ
उनीहरूको ओँठहरूमा 
मुस्कुराइरहेको
आँखामा टिल्पिलाइरहेको
अफ्नै देश देखेको छु
अङ्गअङ्गबाट बगिरहेको
माटोको सुगन्ध भेटेको छु
म मेरो देशसँगै छु ।
संस्कृतिको दैलो उघार्दै
दसैंमा म रमाएको छु
नयाँ वर्ष र तिहारमा
छमछम नाचेको छु
आफ्नै गीतहरूमा
धुन बनेर देश गुञ्जिरहेछ
चित्र बनेर देश स्पर्श भएको छ
कसरी भनुँ विदेशमा छु
म मेरो देशसँगै छु ।
देश केवल भूगोलमा मात्र
सिमित हुँदो रहेनछ
जन्म भूमिभन्दा परपर रहने
प्रियजनहरूको मन अनि 
भावनामा
धडकिइरहँदो रहेछ देश
विदेशिएका आफन्तजनहरूको हृदयमा
सगरमाथाको बिम्ब देखेको छु
देश दुःखेको बेला
सहगोगी हातहरू
एकत्रित भएको भेटेको छु
हो, सिमाना काटेर आएको छु
अपितु, 
म मेरो देशसँगै छु ।
कसैले भन्न सक्छ
ऊ विदेश गएको छ
तर एक्लै म अवश्य छैन
संस्कार, संस्कृति र साहित्य
भाषा, भेष अनि भोजन
आएका छन् छायाँ बनी
त्यसैमा म पौडिरहेछु
यो पराइ देश नै किन नहोस्
आफ्नै माटोको सुगन्ध 
अनुभूत भैरहेछ
म मेरो देशसँगै छु
मेरो देश मसँगै छ
हृदयमा देश सधैं
स्पन्दित भइरहेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  ०७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC