site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोरोना भाइरसबाट कसरी बच्ने ?

काठमाडौं । केही दिनदेखि चीनमा देखिएको नोबेल कोरोना भाइरसले विश्वको ध्यान तानेको छ । विश्व स्वास्थ्य संगठनले हाल देखिएको नोबेल कोरोना भाइरस नयाँ प्रकारको रहेको जनाएको छ । यो भाइरस विश्वमा नै फैल्नसक्ने भन्दै संगठनले सचेत गराएको छ । भाइरस अमेरिका, थाइल्यान्ड, दक्षिण कोरिया, ताइवानलगायतका देशहरुमा देखिएको छ । 

नेपालमा पनि धेरै पर्यटक चीन र भारतबाट आउने गरेका छन् । त्यसकारण नेपालमा पनि यो भाइरसको जोखिम बढी छ । नेपाल सरकारले यो भाइरस छिर्न नदिन विमानस्थलमा सबै पर्यटकहरुको स्वास्थ्य जाँच गर्न हेल्थ डेक्स राखेर २४ घण्टा सेवा दिनुपर्छ । नेपालमा केही महिनाअघि डेंगुको महारमारी फैलिएको थियो । त्यस्तै हाल सोही अनुसार चीनको उहान‚ बेइजिङ र सांघाई सहरमा कोरोना भाइरस फैँलिदै गएको देखिन्छ ।

भाइरसका लक्षण रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या आएर निमोनिया हुने हुन्छ । कतिपयलाई निमोनिया भएर श्वासप्रश्वास प्रणाली नै फेल हुने खतरा बढी हुन्छ । उँटबाट सर्ने मर्स भाइरस मानिसबाट मानिसमै पनि सर्ने भाइरस हो भने सार्स जनावरबाट मानिसमा सर्ने भाइरस हो । यी दुबै भाइरस हालसम्म नेपालमा देखिएको छैनन् ।

यो भाइरस जनावरबाट मानिसमा सर्छ । यो भाइरस देखिएमा खोकी, श्वासप्रश्वास, जनावर तथा नपाकेको मासु आदिबाट मान्छेमा सर्ने गर्छ । तर, पछिल्लो समय विश्व स्वास्थ्य संगठनले नयाँ प्रकारको रहेको जनाएको छ । संक्रमित व्यक्तिले  हाछ्युँ गर्दा खोक्दा, थुक्दा, हात मिलाउँदा आदि एकबाट अर्को व्यक्तिमासमेत सर्ने हुन्छ । यसको जोखिममा उपचार गर्ने स्वास्थ्यकर्मीहरु पर्ने हुन्छन् । विभिन्न अध्ययन हेर्दा विभिन्न भाइरस कोरोना भाइरसभित्र एक रहेको छ । 

लक्षण

ज्वरो आउने ।

रुघाखोकी लाग्ने ।

घाँटी दुख्ने आदि श्वासप्रश्वासमा समस्या आएर जटिल समस्या आउने हुन्छ । 

गर्भवती महिलाहरुमा जोखिम उच्च हुने हुँदा विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ । अन्तिममा श्वासप्रश्वास प्रणाली नै फेल गराउने अवस्थासम्मको जटिलता ल्याउनसक्छ ।

कसरी जोगिने ?

यो भाइरस जनावरबाट सर्ने हुँदा जनवारको नजिक नजाने, मासु वा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र खाने, रुघाखोकी लागेका बिरामीबाट टाढा बस्ने, गर्भवती, बालबालिका र वृद्धवृद्धामा जोखिम उच्च हुने हुँदा विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ । भिड भएको स्थानमा जाँदा मास्क लगाएर जाने, साबुनपानीले हात धुने, राम्रोसँग पकाएर मात्र खानेकुरा खानेलगायतका कुरामा विशेष् ध्यान दिनुपर्छ ।

(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा.पुनसँग गरिएको कुराकानीमा आधारित)

 

प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  ०६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro