site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सामाजिक सञ्जालले कसरी रिस उठाउँछ र हामी यसको सिकार हुन्छौँ ?

काठमाडौं । प्रविधिप्रतिको साक्षरता, इन्टरनेट र मोबाइलको पहुँचमा वृद्धि भएसँगै सामाजिक सञ्जालप्रति मानिसको झुकाव बढ्दो छ । तर, सामाजिक सञ्जालमा अत्यधिक समय बिताउँदा मानिसलाई नकारात्मक असर परिरहेको हुन्छ । 

धेरै असरमध्ये सामाजिक सञ्जालका सामग्रीहरूले मानिसको मनोविज्ञानलाई उत्तेजित गराई नकारात्मक भावनाहरू उत्पन्न गराउँदै तनाव र चिन्ता बढाउँछ । 

हामीले फेसबुक, इन्स्टाग्राम तथा युट्युबमा रिल, फोटो, विभिन्न भिडियो र हसाउँने मिमहरू स्क्रोल गर्दैगर्दा अत्यन्तै रिस उठ्ने पोस्ट वा कमेन्ट देखेपछि त्यसले हाम्रो दिन नै बिगार्ने काम गर्छ । 

यस्तो पोस्ट वा कमेन्ट जानीजानी हामीलाई रिस उठाउन भनेर नै बनाइएको पनि हुनसक्छ ।

सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूको संलग्नता र अन्तर्क्रिया बढाउन पनि प्रयोगकर्तालाई हल्का चिढ्याउने कमेन्टदेखि पूरै मानवताप्रति घृणा उत्पन्न गर्नेसम्मका रिस उठाउने सामग्रीहरू जानाजानी राख्ने गरिन्छ । 

अहिलेको युग यस्तो समय हो जसले अन्तर्क्रिया र विचारहरूलाई विज्ञापन रेभेन्युमार्फत पैसामा परिणत गर्ने भएकाले कन्टेन्ट निर्माताका लागि कुनै पनि प्रतिक्रिया मुनाफा बराबर मानिन्छ । 

सामाजिक सञ्जालमा रिस उठाउने सामग्री किन उपयोगी हुन्छ भने यसले मानव मनोविज्ञानको आधारभूत पक्षलाई छुन्छ । सकारात्मक भावनाहरूको तुलनामा रिस र आक्रोशजस्ता नकारात्मक भावनाहरू बलियो र तत्काल प्रतिक्रिया उत्पन्न गर्ने खालका हुन्छन् ।

सर एचएन रिलायन्स फाउन्डेसन अस्पतालका क्लिनिकल मनोवैज्ञानिक मेहेजाबिन डोर्डीका अनुसार, मनोवैज्ञानिक दृष्टिकोणबाट हेर्दा नकारात्मक पक्ष नै यसको मूल कारण हो । किनभने नकारात्मक अनुभव र सूचनाले व्यक्तिको मनोवैज्ञानिक अवस्था र प्रक्रियामा ठूलो प्रभाव पार्छ ।

रिस उठाउने सामग्रीसँग लगातार अन्तर्क्रिया गर्दा कस्तो नकारात्मक प्रभाव देखिन्छ ?
मनोवैज्ञानिक मेहेजाबिन डोर्डीका भन्छिन्, “यस्तो सामग्रीसँग बारम्बार अन्तर्क्रिया गर्दा तनाव, चिन्ता र नकारात्मकताको व्यापक अनुभूतिजस्ता नकारात्मक मनोवैज्ञानिक प्रभावहरू देखिन सक्छन् ।” 

यस्ता मनोवैज्ञानिक प्रभावहरूले व्यक्तिको मानसिक र शारीरिक स्वास्थ्यलाई हानी पुर्‍याउन सक्छन् । साथै, एकपटक कसैले रिस उठाउने सामग्रीसँग अन्तर्क्रिया गर्न थालेपछि, उनीहरूको एल्गोरिदमले झन् रिस उठाउने सामग्री देखाउँदै जान्छ । फलस्वरुप उनीहरूलाई सन्तुलित र सकारात्मक सामग्री प्राप्त गर्नमा अवरोध गर्छ ।

रिस उठाउने सामग्रीको सहज पहुँचले प्रयोगकर्तामा यो समस्या बढाउँछ ?
बढाउँछ नै भन्ने छैन । व्यापक चिढाउने सामग्रीले दर्शकमा रिस उठ्ने समस्या बढ्दै गएको छ भन्न सकिन्छ । तर, विषय त्यो मात्र होइन । 

“यसले के संकेत गर्छ भने सामाजिक सञ्जालहरू भावनात्मक प्रतिक्रियाहरूलाई उपयोग गर्नमा अभ्यस्त छन्,” डोर्डीले भन्छिन् ।

यस्ता सामग्रीसँग अन्तर्क्रिया गरेर प्राप्त हुने सन्तुष्टिको भावना व्यक्तिको लागि स्वस्थ हो ?
रिस उठाउने सामग्रीसँग अन्तर्क्रिया गर्दा व्यक्तिले आफ्नो रिस वा असहमति व्यक्त गर्दा तत्काल राहत वा भावनात्मक सन्तुष्टि अनुभूति गर्न त सक्छ । तर, यसले दीर्घकालीन सन्तुष्टि दिन सक्दैन । द इन्डियन एक्सप्रेस
 

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  ०६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro