site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मंगलबारदेखि काठमाडौंमा वर्षा हुने, आजको मौसम कस्तो हुनेछ ? 
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । पाँचवटा प्रदेशमा वर्षाको सम्भावना रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

आज काठमाडौंमा आंशिक बदली रहनेछ । वर्षाको सम्भावना छैन । भोलिबाट भने काठमाडौंमा वर्षाको सम्भावना रहेको छ । 

“भोलि (मंगलबार) काठमाडौंमा वर्षाको सम्भावना छ,” मौसमविद् सरोज पुडासैनी बाह्रखरीसँग भन्छन्, “मंगलबारभन्दा बुधबार काठमाडौंमा धेरै वर्षा हुने सम्भावना छ ।” 

आज दिउँसो २ बजेपछि दाङको घोराहीलगायत स्थानमा हुरी/बतासको सम्भावना रहेको छ । तर, ठूलो हुरी/बतास भने नचल्ने मौसमविद् पुडासैनी बताउँछन् । 

हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  ०६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro