site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मन्त्रिपरिषद्‌बाट गभर्नर नियुक्तिको सम्भावना, अझै बोलाइएन सिफारिस समितिको बैठक
फाइल तस्बिर ।

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज (चैत २५) बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजे सिंहदरबारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।

उक्त बैठकबाट नेपाल राष्ट्र बैंंकका गभर्नर नियुक्त गर्ने सम्भावना छ । तर, यति बेला (सोमबार बिहान पौने ११ बजे)सम्म सिफारिस समितिको बैठक नबोलाइएको समितिका सदस्य एवं पूर्वगभर्नर डा. विजयनाथ भट्टराईले बाह्रखरीसित बताए ।

गभर्नर सिफारिस समितिमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा भट्टराई र डा. विश्व पौडेल सदस्य छन् । समितिले एक डेपुटी गभर्नरसहित सम्भावित तीन नाम सिफारिस गर्नेछ । उनीहरूमध्ये एकजनालाई सरकारले गभर्नरमा नियुक्त गर्नेछ ।

गभर्नर पद यही चैत २४ गतेदेखि रिक्त छ । गभर्नरको पाँचवर्षे सेवा अवधि पूरा गरी महाप्रसाद अधिकारी गएको शुक्रबार बिदा भएका हुन् ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  ११:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro