site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पत्रकारिताको सिंगो युग

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । आइतबार साँझ ९७ वर्षको उमेरमा निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका वरिष्ठ पत्रकार रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको उनका भाइ पुरु रिसालले जानकारी दिए । 

उनको जन्म १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो । वरिष्ठ पत्रकार रिसालले यसअघि नै मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गरेका थिए ।

पत्रकार रिसालसँग बाह्रखरीको ‘म पत्रकार’ स्तम्भमा वि.सं. २०७४ साल भदौ १० गते शनिबार प्रकाशन भएको सामग्री अर्काइभबाट । 
 

० ० ०

अनामनगर चोकबाट घट्टेकुलो छिर्ने बाटो छ । थोरै अगाडि बढेपछि सानो चोक छ । चोकबाट दायाँ मोडिएपछि मैले फोन दाबें । उनले मलाई लोकेसन दिए, म त्यतै लागें । साँघुरो गल्लीका पाँच वटा मोड कटेपछि अन्तिममा रातो घरको खैरो फलामे ढोका भेटियो । त्यही घरको तेस्रो तलाको कौशीबाट पत्रकार भैरव रिसालले हात हल्लाए, “म यता छु है ।”

“तपाइँ त सजिलै आउनुभयो । अरुलाई भए लिन जानु पथ्र्यो र जान्थें पनि । तर, तपाईं त एकैपटक लोकेसन दिएकै भरमा आइपुग्नुभयो,” उनले यसो भनिरहँदा मेरा दन्तलहर खुले । उनी भन्दै थिए, “अरुलाई म आफैं लिन जान्छु । तर पत्रकारले आफैं खोजेर पत्ता लगाउनुपर्छ भन्ने मेरो मान्यता छ ।”

उमेरले ९ दशकको ढिकमा पुगे पनि भैरवको शरीरमा अहिले पनि तन्नेरी स्फूर्ति छ । त्यसैले कसैले ‘अंकल’ या ‘बुवा’ भनेर सम्बोधन गरेको उनलाई खासै मन पर्दैन । उनी चाहन्छन्– सबैले उनलाई दाइ भनून् । ‘दाइ’को जोशलाई ‘अंकल’ या ‘बुवा’ले भेट्दै सक्दैन– उनी यही ठान्छन् । भन्छन्, “म अंकल या बुवा भन्नै पर्ने गरी बूढो भएकै छैन । बूढो हुन थुप्रै बाँकी छ ।”

त्यसपछि उनी गलल हाँस्छन् । हाँस्दा आँखावरिपरि मुजा पर्छन् ।

बिहान सबेरै उठेर तुलसीको पात चपाउने भएकै कारण आफू अहिलेसम्म तन्दुरुस्त भएको ठान्छन् उनी । फलफूल पनि उत्तिकै खान्छन् ।

भैरवले नेपाली पत्रिकाको पूर्वप्रारम्भिक काल र प्रारम्भिक कालको अनूभव सँगालेका छन् । साँगुरो परिस्थितिमा हुर्किएका पत्रकार हुन् उनी । आफूमा पत्रकारिताको सिंगो युग बोकेका यी तन्नेरी भैरवले क्रमैसँग आफ्नो जीवनगाथा सुनाए ।

आमा बितेपछि

साढे तीन वर्षको हुँदा भैरवकी आमा बितिन् । विसं। १९८५ साउन २९ गते भक्तपुरको गुण्डुमा जन्मिएका भैरवकी आमा बित्नुअघि बुवाले अर्की श्रीमती विवाह गरेका थिए । उनी पनि बितिसकेकी थिइन् । दुइटी श्रीमती बितेपछि बुवालाई बैराग लाग्यो । जोगी हुन्छु भन्ने सुर कसे । तर, उनका जजमान र छिमेकी तथा आफन्तले सुझाए, “बरु घर सर तर जोगी नबन ।” त्यसपछि उनी ददीकोटमा बसाइ सरे ।

“मेरी आमा नबितेको भए हामी बसाइ सर्ने थिएनौं र बसाइ नसरेको भए मैले पढ्ने थिइनँ किनभने गुण्डुमा नजिकै पाठशाला थिएन,” उनले सम्झिए ।

भक्तपुर पुग्नुपथ्र्यो पढ्न । बाटोमा सूर्यविनायकको जंगल थियो । त्यो जंगलमा बाघ, भालु र चितुवा पाइन्थे । फुच्चे केटोलोई परिवारले एक्लै पढ्न नपठाउने पक्का थियो । अर्को पाठशाला थियो लुभूमा । तर, लुभू पनि टाढा । भक्तपुर जाँदा पनि, लुभू जाँदा पनि दुइटा खोला तर्नुपथ्र्यो । खोलामा साँघु पनि थिएन । उनको पढाइमा खोला र जंगल तगारो बनेर उभिएका थिए ।

तर उनी लुभूको स्कुल भर्ना भए । खोलो बढेका बेला ठूला मान्छेले तारिदिन्थे । खोला सानो हुँदा एक्लै डुबुल्की मारेर पारि पुग्थे । कक्षा ८ सम्म उनले त्यसैगरी पढे । कक्षा ८ को परीक्षा उनले दरबार हाइस्कुलको भुइँ तलामा रहेको रानीपोखरी संस्कृत पाठशालामा दिए ।

संस्कृत पाठशालामा उनले पूर्वमध्यमा ९अहिलेको १२ कक्षा सरह० सम्म पढे । यो पाठशालाले बनारसस्थित क्विन्स कलेजको सम्बन्धन लिएको थियो । पूर्वमध्यमाको परीक्षा दिन बनारसै पुग्नुपथ्र्यो ।

तीनधारा पाकशालामा बस्थे भैरव । राणाहरूले भाइभारद्वारलाई मारेर राजकाज हत्याउने भएकाले बाहुनका छोरालाई पढाउँदा भने पापमोचन हुन्छ भनेर खान र बस्न निःशुल्क गरिदन्थे । त्यही सुविधा भैरवले पनि लिएका थिए ।

विसं २००७ को समय थियो । राणाविरोधी आन्दोलन उत्कर्षमा थियो । त्यो आन्दोलनमा भैरव पनि मिसिए । उनी सहपाठीहरूसँग परीक्षा छाडेर आन्दोलनमा होमिए । राज्य आन्दोलन दबाउन लागिपरेको थियो । पूर्वमध्यमा पढ्ने २६ विद्यार्थीको परीक्षा छुट्यो । पाकशालामा बस्नेलाई राज्यले खर्च दिएर परीक्षा दिन बनारस पठाउँथ्यो तर त्यो वर्ष कसैलाई पठाएन ।

जाँच नदिए पनि पास हुनुपर्छ भन्दै भैरवलगायतले आन्दोलन सुरु गरे । राजनीतिक परिवर्तनको आन्दोलनमा लागेकाले परीक्षा नदिए पनि सीधै पास हुनुपर्ने भन्दै उनीहरूले तत्कालीन सरकारका शिक्षामन्त्री नृपजंग राणालाई भेटे ।

राज्यले क्विन्स कलेजसँग कुरा गर्‍यो । कलेजले औपचारिकताका लागि मात्रै भए पनि परीक्षामा सामेल भए सबैलाई पास गराइदिने शर्त राख्यो ।

संस्कृत पढ्ने प्रायः पहाडका विद्यार्थी हुन्थे । उनीहरू परीक्षा नहुने भयो भनेर सबै घर गएका थिए । त्यतिबेला ३५ जिल्ला थिए । आकाशवाणीबाट खबर गर्दा २६ मध्ये २३ जना काठमाडौं आइपुगे । उनीहरू परीक्षा दिन बनारस गए । २३ जनाले परीक्षा दिए पनि पास भने २६ जना नै भए । “कस्तो अचम्म १ २३ जनाले परीक्षा दिएकोमा २६ जना पास भयौं,” भैरव लामो हाँसो हाँसे ।

आन्दोलन

भैरव २ वर्षे शास्त्री कोर्स पढ्न थाले । बनारसमै गएर पढ्नुपर्ने हुन्थ्यो । त्यसको नतिजा भारतको ‘आज’ भन्ने हिन्दी दैनिक पत्रिकामा निस्किन्थ्यो । त्यसैले पाक शाला त्यसको ग्राहक बनेको थियो । त्यो पत्रिका भैरव नियमित पढ्थे ।

त्यो समय राजनीतिक माहोल थियो । भैरव त्यो माहोलबाट टाढा रहन सकेनन् । राजनीति सुरु गरे । कम्युनिस्ट भए । पाकशालामा दुई वर्षमा पनि पास नभए बस्न पाइँदैनथ्यो । त्यसैले उनी दोस्रो वर्ष मात्रै पढेर पास गर्थे । पहिलो वर्ष फेल हुन्थे । यसो गर्दा उनलाई दुई वर्षको कोर्स पूरा गर्न चार वर्ष लाग्यो ।

संस्कृत पढे पनि त्यसको मान्यता नेपाली पाठ्यक्रमको कुन तह बराबर भन्ने तोकिएको थिएन । भैरवहरूले संस्कृत छात्र संघ गठन गरे र आन्दोलन सुरु गरे । राज्यले आन्दोलनको सुनुवाइ गर्दै सम्पूर्ण मध्यमालाई १२, शास्त्रीलाई स्नातक र आचार्यलाई स्नातकोत्तर भनेर तोक्यो ।

कर्मै खोटो

२०१२ मा लोकसेवा आयोगले १४ जना अफिसरका लागि आवेदन आह्वान गर्‍यो । भैरवले पनि फर्म भरे र दुई दिन लिखित परीक्षा, एक दिन अन्तर्वार्ता दिए । पास भएर ग्य्राजुएट अफिसर भए ।

उनी संस्कृत पढेर अफिसरमा नाम निकाल्ने पहिलो व्यक्ति बने । ४ भाइ र २ बहिनी थिए । उनीहरूलाई पढाउने र हुर्काउने जिम्मेवारी भैरवकै काँधमा थियो । त्यही समय सरकारी जागिरमा नाम निकालेका भैरवलाई संसार जितेजस्तो लाग्यो । खुसीले पखेँटा लगायो र आकाशमा उठ्न थाल्यो ।

तर विडम्बना १ उनलाई लोकसेवाले नियुक्ति दिएन ।

चिनियाँ प्रधानमन्त्री चाउ एन नेपाल भ्रमणमा आएका थिए । उनी फर्किएको भोलिपल्ट राजा महेन्द्र पूर्वाञ्चल भ्रमणमा जाने कार्यक्रम थियो । भैरवले दरबार पुगेर राजासँग विन्ती बिसाए, “सरकार मैले अफिसरमा नाम निकालेर पनि नियुक्ति पाइनँ ।”

राजाले भने, “के भएको रहेछ, म बुझ्छु । नियुक्ति पाउँछौ ।”

एक वर्ष भयो तर उनले नियुक्ति पाएनन् । आफैंले विश्लेषण गरे, “शायद म कम्युनिस्ट पार्टीको सदस्य भएकाले पनि हुन सक्छ । राज्यविरोधी दलको सदस्य भएकाले र अर्को कारण संस्कृत पढेको मान्छे प्रशासनमा काम गर्न सक्दैन भनेर पनि हुन सक्छ ।”

सेल मेम्बर भैरव

निर्मल लामा, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मथुराप्रताप श्रेष्ठ, वकिल कुशुम श्रेष्ठ, अरबिन्द रिमाल, वासुदेव ढुङ्गाना,  शैलेन्द्रकुमार उपाध्याय, केशरजंग रायमाझी, कुमार शाह, डीपी अधिकारी केन्द्रीय तहका नेता थिए । उनीहरूबाट भैरवले तालिम लिन्थे । महिनाको २५ पैसा लेबी बुझाउँथे । तालिमहरू इन्द्रचोक लगायतका गोप्य बहाल भएका घरमा हुन्थे । केन्द्रीय तहका नेता आइपुग्नुअघि नै गएर बस्नु पथ्र्यो । तालिम सकिनेबित्तिकै नेताहरू निस्किन्थे । एउटा घरबाट पसेर अर्को घरबाट निस्किन मिल्ने र भाग्न सजिलो हुने घरमा तालिम हुन्थे । अधिकांश तालिम बेलुकीतिर हुन्थे ।

नेपाल कम्युनिस्ट पार्टी प्रतिबन्धित थियो । केआई सिंहले सिंहदरबारमा विद्रोह गरेपछि उनी भागेर चीन गए । त्यही निहुँमा सरकारले नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्धित गरेको थियो ।

भैरव सेल मेम्बर थिए । त्यो पार्टी कमिटीको तल्लो तह थियो । सेलमा तीन जना हुन्थे । तीन जनाको नेता थिए उनी । भैरवलगायतको काम शिक्षकहरूलाई सम्झाउने हुन्थ्यो ।

“पूरै कम्युनिस्ट बनाउने सम्भावना त हुँदैनथ्यो तर कम्तीमा समर्थन नगरे पनि तटस्थ बसिदन आग्रह गथ्र्यौं,” उनले सम्झिए, “त्यो समय कम्युनिस्टहरूले चीन र रुसमा बूढाबूढीलाई मार्छन् भन्ने हल्ला थियो, त्यो होइन भनेर सन्देश प्रवाह गर्न आग्रह गर्ने काम हाम्रो हुन्थ्यो ।”

उनको अर्को काम थियो, किसानको घरघर पुगेर आन्दोलनका लागि तयार पार्ने । विर्ता उन्मूलन र ‘जसको जोत उसको पोत’ हुनुपर्छ भनेर किसानमा चेतना भर्थे ।

पूर्णबहादर मानव, पूर्णबहादुर यमि, युगकवि सिद्धिचरण श्रेष्ठलाई भैरवहरूले तालिम दिन्थे । र, त्यही तालिमका कारण उनीहरू खुला ठाउँ तथा सत्तलमा किसानलाई भेला गरेर परिवर्तनका कुरा गर्थे । क्रान्तिभन्दा पनि परिवर्तन भन्ने शब्द प्रयोग गर्ने भएकाले प्रहरीले पनि केही गर्दैनथ्यो । २००७ सालमा साक्षरता साढे २ प्रतिशत मात्रै थियो । त्यस्तो अवस्थामा चेतना फैलाउनु कम कठिन थिएन ।

पछि पूर्णबहादुर मानव, पूर्णबहादुर यमि, सिद्धिचरण श्रेष्ठ नै पञ्चायतसमर्थक बने । यमि र श्रेष्ठ राजसभा स्थायी समितिका सदस्य भए । मानवचाहिँ पञ्चायतकालमा प्रमुख निर्वाचन आयुक्त बने ।

पत्रकारिता यात्रा

‘आज’ हिन्दी दैनिक भारतबाट आउँथ्यो । ‘गोरखापत्र’ हप्तामा दुई दिन निस्किन्थ्यो । ‘आवाज’ सानो आकारमा दैनिक निस्किन थालेको थियो प्रजातन्त्रपछि ।

पाकशालामा उनले १२५ छात्रलाई ‘आज’ पढ्नुपर्छ भनेर सुझाउँथे । अहिले पनि कतिपय ती साथीहरूले भैरवलाई जस दिन्छन् ।

‘हालखबर’ दैनिक निस्किन थालेको थियो । पूर्णप्रसाद उपाध्याय दरबारमा काम गर्थे । भैरवको घर नजिकै उनको घर थियो । भैरवहरू संस्कृत नाटक देखाउँथे, कहिलेकाहीँ राजाले पनि हेर्थे । भैरवले विद्यार्थी राजनीति गर्ने भएकाले दरबारका मान्छेहरू चिन्थे । त्यसैले उनी पूर्णप्रसादकहाँ पुगेका थिए । उनले ‘हालखबर’का सम्पादक रंगनाथ शर्मालाई सानो कागजमा केही लेखेर दिए । त्यो बोकेर भैरव रंगनाथलाई भेट्न गए । चिट हेरेर उनले भैरवलाई धाराको निवेदन लेख्न अह्राए । भैरवले भने धाराको निबन्ध लेखेछन् । रंगनाथले लेख्न सिकाए र त्यहीँ जागिर दिए ।

त्यसपछि भैरव ‘हालखबर’ दैनिकको एक्लो रिपोर्टर भए । तलब एक सय रुपैयाँ । उनलाई अफिसले साइकल दियो ।

“त्यो बेलाको साइकल भनेको अहिलेको हेलिकप्टर सरह हो,” भैरव सम्झन्छन्, “कहीँ जानु पर्‍यो भने सरसर साइकल लिएर गए शानै अर्कै हुन्थ्यो ।”

अंग्रेजी नजान्दा

पत्रकारिताको पढाइ हुँदैनथ्यो । उनलाई अंग्रेजी नआउने । हिन्दीको एउटा पुस्तक भेटेका थिए, त्यही पढे । आफूभन्दा सिनियर पत्रकारले कसरी लेख्छन्, विदेशी पत्रकारले कसरी लेख्छन् भन्ने हेरेर भैरवले समाचार लेख्न सुरु गरे ।

अंग्रेजी नआउने भएकाले उनी नेता, सरकारी कर्मचारी तथा आयोजकले अंग्रेजीमा केही सोध्ला कि भनेर अन्तिम बेन्चमा बस्थे ।

राजा महेन्द्रसँग

०१४ मा राजा महेन्द्र सुदूरपश्चिमका डोटी, बैतडी, डडेलधुरा, कैलाली, कञ्चनपुर भ्रमणमा जाने भए । त्यो बेला पनि दुइटा पत्रकार संघ थिए । महेन्द्रसँग जाने दुई जना पत्रकारमा एक भैरव र अर्का जयन्द्र थपलिया पनि थिए । कैलालीसम्म हवाइजहाज चढे, त्यहाँबाट पैदल सुरु गरे । राजालाई घोडा थियो । १४ सय जना थिए । त्यसमा १ हजार जना त सेना नै थिए ।

राजालाई कालो गाईको दूध चाहिन्थ्यो । बडा हाकिम गाउँभरि खोजेर कालो गाईको दूध जोहो गर्थे । भैरव सम्झन्छन्, “राजा महेन्द्र घोडालाई खुब माया गर्थे । घोडाबाट ओर्लिएर थप्थपाउँथे र घोडालाई मन पर्ने बारा खान दिन्थे । घोडा महेन्द्रसँग रत्तिन्थे ।”

पैदल हिँडेर राजा गाउँ–गाउँ पुग्थे । त्यो बेला राजा जनतालाई ‘के चाहियो रु’ भनेर सोध्थे । जनताको एउटै माग हुन्थ्यो, “सरकार हुलाक चाहियो ।” सञ्चारको साधन केही नभएकाले जनता हुलाक चाहन्थे ।

भैरवलाई अचम्म लाग्थ्यो । उनी राजा पुग्नुभन्दा अगाडि नै गाउँका घरघर गएर राजासँग स्कुल, अस्पताल, पुल माग्न सुझाव दिन्थे ।

राजालाई भगवान् विष्णुको प्रतीक मानिन्थ्यो । जनता राजालाई पूजा गर्थे । सुने पनि भैरवले त्यो देखेका थिएनन् । तर, उनले त्यो दृश्य आफ्नै आँखाले देखे सुदूरपश्चिममा । राजा घोडामा चढ्थे । घोडाबाट ओर्लिएका बेला महेन्द्रले जुत्ताले टेकेको पाइलाको माटो टिपेर निधारमा लगाउँथे मानिस । महेन्द्र घोडाबाट ओर्लिएनन् भने घोडाको टापले टेकेको भूमिको माटो टिपेर शिरमा लगाउँथे ।

भैरवले ‘हालखबर’ मा ०१७ सालसम्म काम गरे ।

म्यादी अफिसर

सरकारी जागिरको चस्का पसिसकेको थियो । विसं ०१८ मा जनसंख्या र कृषिको तथ्यांक संकलनका लागि अफिसर माग्यो सरकारले । तर, त्यो २६ महिनाका लागि म्यादी थियो । पत्रकारिता गरिसकेका भैरवको चिनजान घेरा ठूलो थियो । राष्ट्रिय योजना आयोगका प्रमुख आर्थिक सल्लाहकार डा। यादवप्रसाद पन्त र डा। पुस्करनाथ पन्थ अफिसर भर्ना गर्नेमा प्रमुख रहेछन् । भैरवको जागिर भयो । २२५ रुपैयाँ तलब थियो ।

कुन अफिसर कहाँ जाने भन्नेमा चर्काचर्की भयो । सबै सुगम ठाउँ जान चाहन्थे । सुदूरपश्चिम त कसले रोज्ने १ तर, राजाको भ्रमणमा त्यहाँ पुगिसकेका भैरवले सुदूरपश्चिम रोजे । त्यहाँ पुग्दा त उनले पहिलेको जस्तो सुदूरपश्चिम भेटेनन् । राजा गएका बेला त अस्थायी बजार पो खडा गरिएका रहेछन् ।

उनले लिपुलेकको पनि जनसंख्या गणना गरे । अहिले विवादित यो क्षेत्रको जनगणना उनले ०१८ सालमै गरेका हुन् । त्यसैले उनी अहिले पनि ढुक्कले भन्छन्, “लिपुलेक निर्विवाद हाम्रै हो । त्यहाँको जनगणना गर्ने मान्छे म ज्युँदै छु ।”

सुदूरपश्चिमबाट फर्किएपछि उनी मेचीमा कृषि गणना गर्न गए । यसक्रममा उनले नेपालका ७५ वटै जिल्ला घुमे ।

उनी ‘हालखबर’मा काम गरेका पत्रकार थिए । केआई सिंह प्रधानमन्त्री भएका बेला तीन दिन सरकारको विरोध गर्नेबाहेक त्यो पत्रिकाले सधैं सरकारको आलोचनात्मक समाचार लेखेको थियो । त्यो प्रभाव उनमा थियो । सरकारी जागिरमा रहँदा उनले जे हो, त्यो सत्य भने । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भने । त्यो शायद सरकारी आचरणभित्र परेन । अरु सहकर्मीहरू २६ महिने म्यादीबाट स्थायी भए, भैरवको भने जागिर गयो ।

त्यसपछि उनले दुःख पाए । छोरी जन्मिसकेकी थिइन् । काठमाडौंको बसाइ थियो । जागिर थिएन । जीवन चलाउनु थियो ।

‘नेपाल समाचार’ भन्ने पत्रिका ९अहिलेको नेपाल समाचारपत्र दैनिक० प्रकाशित भयो । शंकरनाथ पन्त सम्पादक थिए । त्यसमा भैरवले काम गरे । त्यो पत्रिका चलेन । उनले छोडे ।

‘समय’ माणिकलाल श्रेष्ठले चलाउँथे । त्यसमा तीन महिना काम गरे । समाचार, लेख, सम्पादकीय लेख्ने सबै जिम्मेवारी पूरा गरे ।

त्यो बेलाका पत्रिका साँझ निस्किन्थे । अड्डा छुट्टी भएपछि उनीहरूलाई लक्षित गरेर पत्रिका निस्किन्थे । २ सय पत्रिका बिके भने ठूलो उपलब्धि हुन्थ्यो । पत्रिका मनग्य बिक्री भए त्यही पैसाले अरु थप प्रति छापेर बजार पुर्‍याउने चलन थियो । २ पैसा मूल्य हुन्थ्यो । प्रेसमा कम्पोज गर्ने व्यक्ति नेवार समुदायका हुन्थे । गुठी, भोज तथा उनीहरूको पर्वमा पत्रिका हप्तौंसम्म निस्किदैनथे ।

दरबारको पावर

सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति ९रासस०लाई मान्छे चाहियो । भैरवले पनि परीक्षा दिए । अंग्रेजीमा पनि लेख्नु पर्ने भएकाले उनी फेल भए । निराश भए । केही समयपछि व्यवस्थापनसँग झगडा भएपछि राससमा चार पत्रकार निकालिए । दरबारका प्रेस सेक्रेटरी रेणुलाल दाहालले त्यो खाली ठाउँमा गएर काम गर्न भने । राजासँग सुदूरपश्चिम जाँदा भैरवले लेखेका समाचार र उनको व्यवहारबाट रेणुलाल प्रभावित भएका रहेछन् ।

चार वर्षपछि उनी राससको चिफ रिपोर्टर भए । अंग्रेजी नजाने पनि चिफ रिपोर्टरका हैसियतले उनी मुख्य कार्यक्रमहरूमा जानुपर्ने हुन्थ्यो । उनी आफैं पनि भीभीआईपीसँगको सम्बन्ध र समाचारको लोभका कारण तानिन्थे ।

पछि भारतका राष्ट्रपति भएका सर्भेपल्ली राधाकृष्णन् नेपाल आएका बेला त्रिभुवन विश्वविद्यालयमा सम्बोधन थियो । समाचार संकलन गर्न भैरव गए । त्यहाँ पनि उनले नेपालीमा टिपेर ल्याए । भारतीय प्रधानमन्त्री मुरारजी देसाई आउँदा पनि अवस्था त्यस्तै भयो । उनलाई अंग्रेजीले धुरुक्कै रुवायो ।

मनको बाघ  

०३६ मा जनमत संग्रह घोषणा भयो । सुधारिएको पञ्चायत कि बहुदल भन्नेमा जनमत संग्रह हुने भयो । त्यो समय पत्रकारितामा केही खुकुलोपनको महसुस भयो । जनमत संग्रहमा जालझेल गरेर सुधारिएको पञ्चायतको पक्षमा ४ लाख बढी मत पारियो । सुधारिएको पञ्चायतमा पत्रकारिता अझै खुकुलो हुनुपर्नेमा झन् बाँध्ने काम भयो । पत्रकारिता साँघुरो भएको महसुस भयो उनलाई ।

राससमा काम गरिरहेकै बेला भैरवले अंग्रेजी पत्रिका ‘मदरल्यान्ड’मा समाचार पठाउँथे । अंग्रेजी नजान्ने हुँदा उनले नेपालीमा लेख्थे, अरुले उल्था गर्थे । ‘मदरल्यान्ड’मा भने राससले प्रकाशन नगर्ने अनौपचारिक खालका समाचार बढी छापिन्थे । यो कुरा रासस व्यवस्थापनले थाहा पायो । संस्थाको आचरणविरोधी काम गरेको भन्दै उनलाई जुनसुकै बेला निकाल्न सक्थ्यो । त्यसरी निकाल्दा उनले उपदान नपाउने भएकाले ०४२ वैशाख २ गते आफैं जागिर छाडे ।

सोसल साइन्टिस

आईडीएस ९इन्टिग्रेटेड डेभलपमेन्ट सिस्टम० नामक एनजीओ थियो । डा। देवेन्दराज पाण्डे त्यसका हाकिम थिए ।

उनले देवेन्द्रलाई भने, “म अंग्रेजी पढ्न पनि नजान्ने र लेख्न पनि नजान्ने व्यक्तिलाई काम छ कि छैन रु”

देवेन्द्रले भनेछन्, “सोसल सेक्टरमा काम गर्ने मान्छे चाहिएको छ, आउनुस् ।”

उनले आईडीएसको राष्ट्रिय आलु विकास कार्यक्रममा काम गरे । त्यसक्रममा उनले इलामदेखि बैतडीसम्म यात्रा गरे । देवेन्द्रले उनलाई चिनाउँदा ‘सोसल साइन्टिस’ भन्थे । साइन्स नै नपढेका मान्छेलाई ‘सोसल साइन्टिस’ भनिदिँदा नाक फुलेर घिरौलाजत्रो हुन्थ्यो ।

रेडियो यात्रा

नेपाल वातावरण पत्रकार समूह खुलेपछि उनी त्यसमा आबद्ध भए । ०४६ सालमा त्यसको अध्यक्ष भए । समूहले दक्षिण एसियामै पहिलोपटक सामुदायिक एफएम रेडियो ‘सगरमाथा’ खोल्यो ०५४ मा ।

भैरवले ०५५ देखि ‘उहिले बाजेको पालामा’ नामक रेडियो कार्यक्रम सुरु गरे । त्यसमा पुरानो पुस्ताका कुरा गर्थे । उनी त्यसमा ‘तपाईंले लभ गरेर विवाह गरेको कि विवाह गरेर लभ गरेको रु’ भन्ने जस्ता ठट्यौली प्रश्न पनि गर्थे ।

यो कार्यक्रमको पहिलो पाहुना थिए, सिद्धिगोपाल वैद्य । उनको पुर्खाहरू दरबारमा वैद्यको काम गर्थे ।

७ सय शृंखला चलाए उनले यो कार्यक्रम । दुई वर्ष भयो उनले छोडेको ।

मुस्काउनुस् न देउवा जी

‘कुरो कन्थो’ उनको अर्को कार्यक्रम हो । ०५५ देखि नै उनले सुरु गरे । यो कार्यक्रम अहिले उनी घरबाटै चलाउँछन् । मंगलबार बिहान ७ बजे प्रसारण हुने यो कार्यक्रममा उनी समसामयिक विषय उठान गरेर आलोचना गर्छन् । यो कार्यक्रमको अवधारणा कनकमणि दीक्षित र रघु मैनालीले ल्याएका थिए ।

उनले तीनअघिको ‘कुरो कन्थो’मा उठाएको एउटा प्रसंग सुनाए । शेरबहादुर देउवा प्रधानमन्त्रीको हैसियतले भारत जाँदै थिए । उनले कार्यक्रमबाटै भने, “तपाईं मुसुक्क हाँस्नुस् न । पटक–पटक प्रधानमन्त्री हुनुभएको छ । सधैं उदासीन र बैरालाग्दो अनुहार छ । हिन्दुस्तान जाँदा साढे ३ करोड नेपालीको प्रतिनिधित्व गर्दै हुनुहुन्छ । नेपालीको मुस्कान तपाईंको अनुहारमा  लिएर मुसुक्क मुस्काउनुस् । त्यसले नेपालीको खुसी देखाउँछ । भूकम्पले आजित भएको व्यक्ति, बाढीले परिवार र धन गुमाएको नेपाली पनि क्यामराका अगाडि मुसुक्क हाँस्छ । त्यो तपाईंको अनुहारमा देखिनुपर्छ । देउवाजी १ तपाईं त्यही व्यक्ति हो, भीभीआईपीको मृत्यु भएर आर्यघाटमा शव जलाइरहेका बेला गिरिजा बाबुसँग अट्टाहास गर्ने । मैलै खुद देखेको छु त्यो दृश्य । तपाईं हाँस्न पनि जान्नुहुन्छ । भारतले बाँधेका बाँधका कारण तराई डुबेको बेला छ । तीन घण्टा हेलिकप्टरबाट बाढीप्रभावित क्षेत्रको संयुक्त अवलोकन गर्नुस् र शिर ठाडो पोरर सार्वभौम नेपाल र नेपालीको प्रतिनिधित्व गरेर आफ्नो कुरा राख्नुस् ।”

अहिलेको पत्रकारिता

भैरवलाई अहिले हतारमा पत्रकारिता भइरहेको जस्तो लाग्छ । सतही समाचार बिक्री गर्नमै अहिलेको पत्रकारिता लागिपरेको देखेर उनलाई अचम्म लाग्छ । त्योसँगै उनले सम्पादकहरूको विश्वसनीयतामा औंला उठाए ।

समाचारको विषय, समाचार लेख्ने पत्रकार, उसले गर्ने तयारी र अध्ययनमा समाचार कक्षले ध्यान नदिँदा समाचार फितला भइरहेको उनको बुझाइ छ ।

सम्पादकीय स्वतन्त्रतामा प्रश्न चिन्ह उठाउँदै उनी भन्छन्, “साहुहरूले पत्रकारिता कब्जा गरे । पत्रकारितालाई पेशा बनाउन पत्रकारिता बुझेको व्यक्ति चाहिन्छ ।”

सुरुमा आफूले बक्स न्युज, इम्बार्गो, अफ द रेकर्ड जस्ता शब्दको अर्थसमेत नजानी पत्रकारिता गरेको प्रसंग सुनाउँदै भैरवले सकेसम्म पत्रकारिता पढेका व्यक्ति भए समाचार संकलनदेखि समाचार कक्षमा समेत सजिलो हुने बताए ।

कुराकानी बिट मारेर तस्बिर लिँदा उनले भने, “अस्ति साउन २९ गते ९० वर्षको भएँ । केदारभक्त माथेमा र कनकमणि दीक्षित भेट्न आएका थिए, खुसी लाग्यो । तपाईंहरू नयाँ पुस्ताका मान्छे भेट्न आउँदा त मलाई झनै खुसी लाग्छ ।”

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  २२:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro