अर्थ व्यवसाय
काठमाडौं । सिद्धार्थ बैंकले नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सर्लाहीमा आँखा शल्यक्रिया शिविर आयोजना गरेको हो ।
यी शिविर सर्लाहीको श्रीनगर र मलंगवामा सञ्चालन गरिएको हो । शिविरमा १ हजार २ सय ४१ जनाको आँखा परिक्षण गरिएको थियो भने १ सय ७८ मोतियाविन्दु रोगीको पहिचान गरी आँखा शल्यक्रिया गरिएको थियो ।
शल्यक्रियाका लागि बैंकले नेपाल आँखा अस्पताललाई ४ लाख ६७ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरेको थियो । सहयोग रकम बैंकका सञ्चालक समिति अध्यक्ष मनोजकुमार केडियाले नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेलाई हस्तान्तरण गरे ।
प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६ १७:४३
प्रतिक्रिया दिनुहोस्