नेप्सेमा करेक्सन भए पनि अर्बको कारोबार

नेप्सेमा करेक्सन भए पनि अर्बको कारोबार

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा करेक्सन आए पनि अर्बको कारोबार भएको छ । मंगलबार सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक सात दशमलव ४८अंकले घटेर एक हजार दुई सय ६३ दशमलव ३८ अंकमा पुगेको छ । 

नेप्से घटेको दिन सेन्सिटिभ इन्डेक्स्ट पनि दुई अंकले घटेर  दुई सय ७४ दशमलव २८ अंकमा पुगेको छ । यस दिन १८३ कम्पनीका ३७ लाख ६६ हजार ९८२ कित्ता सेयर १ अर्ब दुई करोड ६४ लाख ४३ हजार ६६६ रुपैयाँमा कारोबार भए  ।

आज बजारमा कारोबारमा आएका १२ वटा समूहगत उपसुचक मध्ये पाँच सुचक उकालो लागे भने सात सूचक ओरालो लागे । 

मंगलबार बजारमा प्रभु बैंकको प्रमोटर सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर ११ करोड ४३ लाखमा कारोबार भएको हो । 

आज राईरेन्ज हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक १० प्रतिशत सेयर मूल्य कमाए । तयसैगरी, दिब्यश्वरी हाइड्रो पावरका लगानीकर्ताले सर्वाधिक आठ प्रतिशत सेयर मूल्य गुमाए । 
 

प्रतिकृया दिनुहोस
ad